तारादेवी सुनुवारको अनुभूतिसङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ सार्वजनिक

साहित्यकार एवम् निजामति कर्मचारी तारादेवी सुनुवारको अनुभूतिसङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ सार्वजनिक गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, प्रतीक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र लेखक तारादेवी सुनुवारले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । अनुभूतिहरूको सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूति समेटेर तयार पारिएको कृति हो । रोल्पाली दिदिबहिनीहरूसँगको बसाई र उनीहरुले भोगेको पीडा र त्यहाँको वास्तविकता कृतिमा उतारेको लेखक तारादेवीले बताउनुभयो । पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्दकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरु समेटिएको उहाँले भन्नुभयो ।

Comments are closed.