भरतपुर, साउन ।
कवि ब्रह्मदत्त वाग्लेको कवितासङ्ग्रह `उपहार´ विमोचन भएको छ । कविहरू गोविन्दराज विनोदी, रामबाबु घिमिरे, श्रीभक्त अच्युत वाग्ले, गीता वाग्ले, केदारनाथ खनाललगायतले संयुक्त रुपमा कृति विमोचन गरेका थिए ।
चितवन साहित्य प्रतिष्ठानबाट प्रकाशित कृतिलाई तारा वाग्लेले प्रकाशन सहयोग गर्नुभएको हो । कृतिमा ६३ वटा कविता छन् ।
शनिबार चितवन साहित्य परिषद् भवनमा उपहार पुस्तकको विमोचनसँगै चर्चा गरिएको छ । कृतिमाथि डाक्टर धनेश्वर भट्टराई, डाक्टर एकनारायण पौड्याल र प्राडा नारायणप्रसाद खनालले टिप्पणी राखेका थिए । सङ्ग्रहका कवितामार्फत कवि वाग्लेले प्रवासी व्यथा र मातृभूमिको ममतालाई उतारेको वक्ताहरुले बताए । विचार, भाव, बिम्ब, प्रतीक र काव्य शिल्पले कविताहरू पठनीय बनेको पनि वक्ताहरूले टिप्पणी गरे ।
४० वर्षदेखि प्रवासमा बस्दै आएका वाग्ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गैर आवासीय नेपाली सङ्घ, चितवन सहायता कोष बेल्जियमका सल्लाहकार हुन् । प्रवासका नेपाली समुदाय माझ आफ्नो बौद्धिक पहिचान बनाएका वाग्लेले बेल्जियममा नेपाली भाषा पठनपाठनमा सहजीकरण गरिरहेका छन् । उपहार वाग्लेको पहिलो पुस्तक हो ।
Trending Now
- रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने
- Israeli airstrikes kill 400 Palestinians
- A grand welcome for Sunita and Butch, who returned to Earth after 286 days in space
- परशु-कल्पना स्रष्टा सम्मानबाट रसिक र सापकोटा सम्मानित
- विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा
- स्ववियु निर्वाचन : नेविसंघको हालसम्म ९९ कलेजमा जीत
- चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै
- The plane from China landed in Pokhara, returning today with 126 passengers
- Foreign Minister and Ukrainian Foreign Minister Meet in Delhi: Request to Release 7 Nepalis Captured by Ukrainian Army
- Bilateral talks between Foreign Minister Rana and Indian Foreign Minister in New Delhi
Comments are closed.