Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

डा. चिन्तामणिनाथ योगीको निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ सार्वजनिक

Editorial Team by Editorial Team
December 14, 2025
in Book Releases, Literature, Nepal, News
0
डा. चिन्तामणिनाथ योगीको निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ सार्वजनिक
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — डा. चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रा.डा. प्रेमनारायण अर्याल, प्रा.डा. भागवत ढकाल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, अम्बिका केसी तथा कृतिकार डा. योगीले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएकाे थियाे ।

कृतिमाथि परिचर्चा गर्दै प्रा.डा. ढकालले ‘चेतना यात्रा’ गीता-दर्शनको आदर्शलाई आत्मसात् गर्दै लेखिएको कृति भएको बताउनुभयाे । ज्ञान, विज्ञान र चेतनालाई समेट्दै जीवन, जगत् र समाजका उपयोगी पक्षलाई जोडेर प्रस्तुत गरिएको यस कृतिले पाठकको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे ।

पोखरा विश्वविद्यालयका प्रा.डा. अर्यालले डा. योगीसँगको दीर्घ शैक्षिक–बौद्धिक सम्बन्ध स्मरण गर्दै विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा उहाँले दिएका प्रवचनहरूको चर्चा गर्नुभयाे । कृतिकार डा. योगीले अध्यात्म र दर्शनप्रतिको आफ्नो साधना र अनुभूतिबाट कृति जन्मिएको बताउँदै आफू ‘स्वान्तःसुखाय’ लेखनमा संलग्न रहेको धारणा राख्नुभयाे । “म ॐकारको साधनामा छु, लेखक भएँ–भइन भन्ने अनुभूति भन्दा साधनाको यात्रामा छु,” उहाँले भन्नुभयाे ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार पवन आलोक, पूर्वप्रशासक अम्बिका केसी र भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयाे । श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शान्तिमाया गिरीले गर्नुभएकाे थियाे भने शंकर भारतीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

Advertisement Banner
Previous Post

US, Ukraine to discuss ceasefire in Berlin ahead of European summit

Next Post

कांग्रेस नेता पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन

Editorial Team

Editorial Team

Next Post
कांग्रेस नेता पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन

कांग्रेस नेता पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन

Recommended

US view on China “seriously miscalibrated” – Chinese FM Wang Yi responds to US FM Blinken’s policy speech

US view on China “seriously miscalibrated” – Chinese FM Wang Yi responds to US FM Blinken’s policy speech

4 years ago
Nepal  Government organized an interaction program with Nepalese Diplomats for Tourism Promotion

Nepal Government organized an interaction program with Nepalese Diplomats for Tourism Promotion

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.