Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

९२ वर्षीया आमा र छोराको कृति एकसाथ सार्वजनिक

Editorial Team by Editorial Team
July 10, 2022
in Book Releases
0
९२ वर्षीया आमा र छोराको कृति एकसाथ सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ को पहिलो कवितासङ्ग्रह ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक भएको छ । २०७९ असार २६ गते काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले पुस्तक विमोचन गरे । सोही अवसरमा सिटौलाकी ९२ वर्षीया आमा मनमाया सिटौलाको आत्मकथा ‘मैले बिताएको युग’ पुस्तक पनि सार्वजनिक गरियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतिथि उप्रेतीले मनमायाको कृतिले एक सय वर्ष अघिको नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेश अभिव्यक्त भएको बताउँदै पुस्तक एउटा कालखण्डको अभिलेख भएको उल्लेख गरे । उनले कवीन्द्र सिटौलाको कवित्वको चर्चा गर्दै कविता यात्रालाई निरन्तरता दिन आग्रह गरे ।
साहित्यकार डा. साधना प्रतीक्षाले ‘मैले बिताएको युग’ को समीक्षात्मक टिप्पणी गर्दै मनमायाको जीवन आफैंमा एउटा कृति भएको उल्लेख गरिन् । उनले भनिन् ‘सिटौलाको यो कृति पढ्नु भनेको हरेकले आफ्नी आमालाई पढ्नु हो ।’

प्राज्ञ कवि डा. देवी नेपालले कवीन्द्रको कविता कृतिमाथि चर्चा गर्दै उनको कवितामा जीवन जगतका विभिन्न पाटाहरू अभिव्यक्त भएको बताए । कवीन्द्रको काव्य साधना यात्रा पुरानो भए पनि उनी दृश्यमा ढिलो आएको उल्लेख गरे ।

‘मैले बिताएको युग’ की सम्पादक तथा मनमायाकी छोरी साहित्यकार राधिका दाहालले आफूले आमाको जीवनका बारेमा सोध्दै डायरी लेख्दै गएको र आज त्यही डायरीले पुस्तकको रूप लिएको बताइन् । आत्मकथा राधिकाले सम्पादन गरेकी हुन् ।

कार्यक्रममा कृतिकार मनमाया सिटौलाले पूर्वेली लोकभाका गाएर सुनाएकी थिइन् । हरिचरण सिटौला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विजया पन्त, कवीन्द्र सिटौला, डा. वसन्त पन्तलगायतले बोलेका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै वरिष्ठ साहित्यकार मोहनलाल सिटौलाले परिवारभित्र साहित्यिक सिर्जना गराएर समाजलाई ऐना देखाउने काम भइरहेकोमा खुशी व्यक्त गरे । उनले परिवारमा युवा पुस्ता सक्रिय भएर अगाडि बढ्नु पर्नेमा जोड दिँदै पुरानो पुस्ताले हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए । मोहनलाल मनमायाका जेठा छोरा हुन्

Advertisement Banner
Previous Post

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी

Next Post

3rd T20I: England set a victory target of 216 runs against India in Nottingham

Editorial Team

Editorial Team

Next Post
3rd T20I: England set a victory target of 216 runs against India in Nottingham

3rd T20I: England set a victory target of 216 runs against India in Nottingham

Recommended

Nepal hotels to ban single-use plastic by 2024

Nepali exports to the US face tariffs of up to 26 percent

3 months ago
ADB President Pledges Support for Solomon Islands Development Goals in Meeting with Prime Minister

ADB President Pledges Support for Solomon Islands Development Goals in Meeting with Prime Minister

1 month ago

Don't Miss

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

March 26, 2026
काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

March 26, 2026
First woman appointed as Archbishop in 1400 years

First woman appointed as Archbishop in 1400 years

March 26, 2026
इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.