ढकालको ‘फरक परिवेशका अनुभूति’ कवितासङ्ग्रह विमोचन

कवि मोहन राज ढकालको पहिलो कवितासङ्ग्रह ‘फरक परिवेशका अनुभूति’ सार्वजनिक गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा पुस्तक विमोचन कार्यक्रम आयोजना गरी ‘फरक परिवेशका अनुभूति’ सार्वजनिक गरिएको हो ।
पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि गोविन्दराज विनोदीले कवि ढकालको साहित्यिक यात्राको सफलताको कामना गर्दै आगामी कृतिहरु अझ परिष्कृतरुपमा आउन् भनी शुभकामना दिए । कवि विनोदीले ढकालका कवितामा आफूले राष्ट्रप्रेम र विकृतिमाथि व्यंग्य भेटेको बताए ।
सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पत्रकार सूर्यप्रकाश कँडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दीपेन्द्र अधिकारी, कवि विपिन पाठक, व्यवसायी रामचन्द्र सापकोटा, देवीप्रसाद ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments are closed.