Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ सार्वजनिक

Editorial Team by Editorial Team
May 29, 2022
in Book Releases, Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ सार्वजनिक
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — १५औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा, शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सर्भेयर खिमलाल गौतमको पुस्तक …पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ । उक्त समारोहमा सरकारका मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी आरोहीहरू कामी रिता शेर्पा र मिङ्मा शेपाले पुस्तक लोकार्पण गरका थिए ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लेखक अमर न्यौपाने र पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले पुस्तक एवं सगरमाथा सम्बन्धमा चर्चा गरे । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तक लेख्न गाह्रो काम भए पनि खिमलाल गौतमले त्यसलाई सजिलोसँग पार लगाएको बताए । पुस्तक रोचक किसिमले लेखिएको र यसमा सगरमाथा आरोहण मात्र यसका इतिहाससम्बन्धी नालीबेलीसमेत रहेको उनको भनाइ छ । …भविष्यमा सगरमाथा आरोहण गर्ने व्यक्तिहरूका लागि यो पुस्तक उपयोगी छ । पर्वतारोहीहरूले यो पढ्नैपर्छ,श्रेष्ठले भने, ‘यस सम्बन्धमा रुचि राख्नेहरूले त झनै पढ्नुपर्छ ।’
पुस्तक पढ्दै जाँदा सरासर समिटमा पुगिने उनले बताए । ‘यहाँ प्राविधिक कुरा पनि छन् । सगरमाथाको उचाइ कहिले नापियो, विदेशीहरूले पनि कहिलेकहिले मापन गरे आदि रोचक तथ्य पुस्तकमा छन्,’ सीमाविद् श्रेष्ठले भने, ‘अहिले भने नेपालले सगरमाथाको उचाइ मापन गरेको छ । त्यसको सम्पूर्ण इतिवृत्त यहाँ छ ।’
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले सगरमाथा पृथ्वीको शिर रहेको र त्यसमा केन्द्रित पुस्तक ‘पन्ध्रौं चुली’ रहेको बताए । पृथ्वीको स्नायुशास्त्र (न्युरोलोजी अफ अर्थ)का रूपमा खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ आएको उनको धारणा छ । आफू विभागको नेतृत्वमा रहे पनि यस किताबले आफूलाई सगरमाथाका हरेक खुट्किलाबारे जानकारी लिन सजिलो भएको उनको भनाइ छ ।
नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट, नाथम, पर्वतीय प्रशिक्षण प्रतिष्ठानलगायत पर्यटनसम्बन्धी औपचारिक पढाइ हुने शिक्षण संस्थाका लागि यो बलियो सन्दर्भ सामग्री रहेको उनको दाबी छ । ‘कर्मचारीहरूलाई विशिष्टीकरण गर्ने सम्बन्धमा यसले प्रेरणा दिन्छ,’ उनले भने, ‘जसले जुन विषयमा दक्षता हासिल गरेको छ, सोही विषयमा काम गर्दा वर्क पर्फमेन्स पनि बढी देखिने गर्छ ।’ हर्क गुरुङपछि यस खालको भूगोललाई समेत समेटेर आममानिसले बुझिने गरी लेखिएको किताब ‘पन्ध्रौं चुली’ रहेको उनको भनाइ छ ।
पैताला र अध्ययनले लेखिएको पुस्तक ‘पन्ध्रौं चुली’ रहेको लेखक अमर न्यौपानेको भनाइ छ । ‘पैतालाले यसकारण, उनी एक पटक नेपाल भ्रमण वर्ष र अर्का पटक सगरमाथाको उचाइ मापनका लागि सगरमाथाको शिखरमै पुगे,’ न्यौपानेले भने, ‘सगरमाथा आरोहणको इतिहास पनि यहाँ पाइन्छ । त्यसैले यसलाई अध्ययनबाट लेखिएको भन्न सकिन्छ ।’
यो पुस्तक विश्वमै पहिलो पटक सर्भेयर इन्जिनियर सगरमाथा शिखरमै पुगेर मापन गरेको घटना सङ्ग्रह पनि रहेको न्यौपानेको भनाइ छ । ‘त्यसैले यो पुस्तकको विशेष महत्त्व छ,’ उनले भने, ‘यो पुस्तक संस्मरण र अध्ययनको कोलाज पनि हो । यहाँ लेखकले आरोहण यात्राको वृत्तान्त मात्र सुनाएका छैनन्, उनले सगरमाथाका रोचक तथ्यतथ्याङ्क पनि प्रस्तुत गरेका छन् ।’
अङ्ग्रेजीमा हिमालबारे धेरै किताब लेखिए तापनि नेपालीमा एकदम कम लेखिएको फाइनप्रिन्टका अजित बरालले बताए । ‘पन्ध्रौं चुली’ले त्यस किसिमको अभाव पूरा गर्ने उनको भनाइ छ । पुस्तकले सगरमाथा, त्यसको आरोहण र सर्वेक्षणबारे हाम्रो ज्ञान बढाउनेसमेत उनले जनाए ।
कार्यक्रममा लेखक गौतमले आफूले पुस्तक लेख्नुपर्नाका कारणबारे केही बताए । उनले केही आफ्ना निजी अनुभव पनि सुनाए । ‘पन्ध्रौं चुली’ भावना र भूगोलको सम्मिश्रण हो । सगरमाथाका विषयमा हामीले गौरव मात्र गर्यो, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उनले भने, ‘यसबारे केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भसामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैपर्यो भनेर यसमा हात हालेको हुँ ।’
नेपालमा पर्यटन प्रवर्द्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गरेका उनी दोस्रो चोटि भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न गएका थिए । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पूरा हुन्छ । तर उनको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो ।

Advertisement Banner
Previous Post

International Day of UN Peacekeepers being observed today

Next Post

कविताः तिमी फर्की आऊ

Editorial Team

Editorial Team

Next Post
कविताः तिमी फर्की आऊ

कविताः तिमी फर्की आऊ

Recommended

बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

5 months ago
5 People Including 4 Indians Killed In Car-Bus Collision In Nepal

5 People Including 4 Indians Killed In Car-Bus Collision In Nepal

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.