Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

विश्वको सबैभन्दा ठूलो ईभी कम्पनी बन्दै बीवाईडी

Editorial Team by Editorial Team
December 29, 2025
in Business, News, World
0
विश्वको सबैभन्दा ठूलो ईभी कम्पनी बन्दै बीवाईडी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ– बीवाईडी यस वर्ष बिक्रीको आधारमा विश्वको सबैभन्दा ठूलो ईभी कम्पनी बन्दैछ। टेस्लाले सन् २०२५ को सुरुदेखि सेप्टेम्बरको अन्त्यसम्म १२ लाख २० हजार मात्र ईभी बिक्री गरेको थियो। अमेरिकी कर सुविधा हटाएपछि टेस्लाको चौथो त्रैमासिक बिक्री घट्ने अनुमान छ।
चीन । चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडी यस वर्ष बिक्रीको आधारमा विश्वको सबैभन्दा ठूलो ईभी कम्पनी बन्दैछ । उपलब्ध तथ्याङ्कअनुसार अमेरिकी प्रतिस्पर्धी टेस्लाले यस वर्ष विश्व ईभी बजारमा आफ्नो वर्चस्व कायम राख्न नसक्ने देखिएको छ ।
यस वर्षको सुरुदेखि नोभेम्बरको अन्त्यसम्म बीवाईडीले विश्वभर २० लाख ७ हजारभन्दा बढी ईभी बिक्री गरेको छ । कम्पनीले हाइब्रिड सवारी साधनहरू पनि उत्पादन तथा बिक्री गर्दै आएको छ, जसका कारण समग्र बिक्री अझ बढेको हो ।
अर्कोतर्फ, सन् २०२५ को सुरुदेखि सेप्टेम्बरको अन्त्यसम्म टेस्लाले १२ लाख २० हजार मात्र ईभी बिक्री गरेको थियो । बाँकी अवधिमा बीवाईडीसँगको बिक्री अन्तर पूरा गर्नु टेस्लाका लागि प्रायः असम्भव देखिएको छ ।
सेप्टेम्बरमा भने टेस्लाले बिक्रीमा असाधारण वृद्धि देखाएको थियो । तीन महिनामा कम्पनीले झन्डै पाँच लाख ईभी बिक्री गरेको थियो । यो वृद्धि अमेरिकामा ईभी खरिदमा उपलब्ध कर क्रेडिटको म्याद सकिनुअघि भएको हो । तर हाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कर सुविधा हटाएका छन् ।
डेटा विश्लेषण कम्पनी फ्याक्टसेटका अनुसार टेस्लाको चौथो त्रैमासिक बिक्री ४ लाख ४९ हजारमा झर्न सक्ने अनुमान गरिएको छ । यसअनुसार सन् २०२५ मा टेस्लाको कुल बिक्री करिब १६ लाख ५० हजारमा सीमित हुने देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा ७ दशमलव ७ प्रतिशतले कम हो । यो संख्या नोभेम्बरसम्म बीवाईडीले बिक्री गरेको ईभीको तुलनामा निकै कम हुनेछ । एजेन्सी

 

Advertisement Banner
Previous Post

कांग्रेसको ८ बुँदे मापदण्ड, यसअघि समानुपातिक सांसद भएकालाई नराखिने

Next Post

भदौ २३ को सम्झनामा संसद भवनअगाडि ‘नदबिने आवाज’ कला प्रदर्शनी

Editorial Team

Editorial Team

Next Post

भदौ २३ को सम्झनामा संसद भवनअगाडि 'नदबिने आवाज' कला प्रदर्शनी

Recommended

NRB reports stable economy with forex reserves at USD 21.52 billion

Nepal Rastra Bank Governor calls for confidence in the energy sector

4 months ago
कहाँबाट आउँछ नेपालमा सुन ? एघार महिनामा ४ हजार ६५३ केजी सुन आयात

Gold and silver prices reach new highs

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.