मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नेकपा एमाले संसदीय दलको बैठक अघि प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन्।
बैठकमा सरकारका नियमित काम कारबाहीका विषयमा छलफल हुनेछ । त्यस्तै सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।
आजै एमाले संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ। यही १८ माघदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ।

Comments are closed.