Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

आईपीएल अक्सनमा क्यामरून ग्रीनले बनाए कीर्तिमान, बने सबैभन्दा महंगा विदेशी खेलाडी !

Editorial Team by Editorial Team
December 17, 2025
in News, Sports, World
0
आईपीएल अक्सनमा क्यामरून ग्रीनले बनाए कीर्तिमान, बने सबैभन्दा महंगा विदेशी खेलाडी !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अस्ट्रेलियाका अलराउन्डर क्यामरून ग्रीनले आईपीएल इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् ।
अबुधाबीमा जारी मिनी अक्सनमा उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख रूपैयाँमा भित्र्याएको छ । यससँगै ग्रीन आईपीएलका सबैभन्दा महंगा विदेशी खेलाडी बनेका छन् । उनले आफ्नै देशका मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् ।
स्टार्कलाई केकेआरले २०२४ मा २४ करोड ७५ लाख रूपैयाँमा किनेको थियो । समग्रमा भने ऋषभ पन्त २७ करोड रूपैयाँसहित आईपीएल इतिहासकै सबैभन्दा महंगा खेलाडी हुन् । अक्सनमा युवा भारतीय खेलाडीहरूले पनि ठूलो मूल्य पाएका छन् ।
२० वर्षीय प्रशान्त वीर र १९ वर्षीय कार्तिक शर्मालाई चेन्नई सुपर किङ्सले समान १४ करोड २० लाख रूपैयाँमा अनुबन्ध गरेको छ । ३० लाख रूपैयाँको बेस प्राइज रहेका यी दुई खेलाडी ४७ गुणा बढी मूल्यमा बिक्री भए ।कोलकाताले श्रीलंकाका मथीशा पथिरानालाई १८ करोड रूपैयाँमा भित्र्यायो ।
रवि विश्नोईलाई राजस्थान रोयल्सले ७ करोड २० लाख रूपैयाँमा किनेको छ । यस्तै, वेंकटेश अय्यर ७ करोड भारतीय रूपैयाँमा आरसीबीमा सामेल भए । अघिल्लो वर्षको मेगा अक्सनमा उनलाई केकेआरले २३ करोड ७५ लाख रूपैयाँमा किनेको थियो ।
कोलकाताले क्यामरून ग्रीनलाई २५ करोड २० लाख रूपैयाँमा किने पनि उनले १८ करोड रूपैयाँमात्रै पाउनेछन् । बाँकी ७ करोड २० लाख रूपैयाँ बीसीसीआईको वेलफेयर फन्डमा जम्मा गरिनेछ । अत्यधिक मागका कारण मूल्य अस्वाभाविक रूपमा नबढोस् भन्दै बीसीसीआईले गत वर्षदेखि नै मिनी अक्सनमा विदेशी खेलाडीका लागि १८ करोड रूपैयाँको अधिकतम सीमा तोकेको थियो ।

Advertisement Banner
Previous Post

एमालेको नयाँ नेतृत्व चयनको मतदान : ओली र पोखरेलले हाले भोट

Next Post

भ्रमपूर्ण सूचना र द्वेषपूर्ण अभिव्यक्तिउपर निगरानी गर्दै सरकार

Editorial Team

Editorial Team

Next Post
भ्रमपूर्ण सूचना र द्वेषपूर्ण अभिव्यक्तिउपर निगरानी गर्दै सरकार

भ्रमपूर्ण सूचना र द्वेषपूर्ण अभिव्यक्तिउपर निगरानी गर्दै सरकार

Recommended

Nepal: Campaigning in full swing ahead of May 13  local elections

Nepal: Campaigning in full swing ahead of May 13 local elections

4 years ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal Government revenue collection has improved compared to the same period last year

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.