Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

शुभेच्छाको  सचेतना पुस्तक – ‘क्यान्सर, खानपान र म’

Editorial Team by Editorial Team
June 4, 2022
in Uncategorized
0
शुभेच्छाको  सचेतना पुस्तक – ‘क्यान्सर, खानपान र म’
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — क्यान्सरमुक्त बनेपछिको अनुभव समेटिएको शुभेच्छा घिमिरेको पुस्तक नेपाली अनुवाद ‘क्यान्सर, खानपान र म’ शुक्रबार राजधानीको एक कार्यक्रमबीच चलचित्र निर्देशक तथा लेखक यादव खरेल, अनुवादक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौडेल, जनस्वास्थ्यविद डा. अरुणा उप्रेती, श्वर–सरा घिमिरे प्रतिष्ठानकी अध्यक्ष प्रजिता कार्की तथा लेखक शुभेच्छा घिमिरेले विमोचन गरेका थिए ।

सन् २०१६ तिर शुभेच्छा घिमिरेले नुहाउने क्रममा स्तनमा केही फरकपन जस्तो पाइन् । त्यसपछि जाँच गराउँदा दोस्रो स्टेजको स्तन क्यान्सर भइसकेको रहेछ । त्यसबेला उनी ३२ वर्षको थिइन् ।

६ वर्षअघिको त्यो क्षण सम्झँदै भन्छिन्, ‘साढे १ वर्ष उपचारमै बित्यो । शारीरिक रुपमा ठीक भए पनि मानसिक रुपमा ठीक हुन २–३ वर्ष नै लाग्यो । ठीक भएपछि यसको बारेमा बोल्नुपर्छ, जनचेतना फैलाउनुपर्छ भन्ने लाग्यो । आफ्नो रोगबारे बताउन र डाक्टरको पहुचँसम्म पुग्न धेरै गाह्रो मान्ने छन् । सचेतना होस् भन्ने उद्देश्यले पुस्तक लेख्ने आँट गरें ।’

कार्यक्रममा आफ्नो पुस्तकका बारेमा बोल्दै शुभेच्छाले नेपाली समाजमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा नगरिने बताइन् । ‘मलाई क्यान्सर हुँदा मभन्दा कम उमेरका महिलाहरु पनि उपचारमा थिए । आफ्नो शरीरको बारेमा, आफ्नो स्तनको बारेमा कुरा गरिँदैन । परिवारमा यस्ता खालका बहस हुन जरुरी छ ,’ उनले भनिन् ।

शुभेच्छा पहिलो पटक क्यान्सर देखिँदा उनी अक्सफोर्ड युनिभर्सिटीमा अध्ययरत थिइन् । क्यान्सर भएपछि पढाइ छुट्यो तर निको भएपछि उनले एमबीए पूरा गरिसकेकी छन् । डाक्टरले बच्चा पाउन सक्दैनौ होलाभनेका थिए तर उनी अहिले २१ महिनाकी छोरीकी आमा बनेकी छन् । भन्छिन्, ‘आफन्त तथा श्रीमानको साथ पाएको छु । सकरात्मक सोच्छु । नछुटाइ प्राणायाम तथा व्यायाम गर्छु । घरकै खानेकुरामा जोड दिन्छु।’

जनस्वास्थ्यविद तथा पुस्तककी अनुवाद सहयोगी डा. अरुणा उप्रेतीले लेखकले आफूले मात्र नयाँ जीवन नपाएको बरु नयाँ मान्छेलाई पनि जीवन दिएको बताइन् । डा उप्रेतीले भनिन्, ‘क्यान्सर जितिसकेपछि सन्तान जन्माइन् । नेपालमा धेरै महिलाहरु स्तन तथा पाठेघर क्यान्सरबाट पीडित छन् । थुप्रै महिलाहरु उपचारको दायरामा आउन सकेका छैनन् । शुभेच्छा बाँच्ने जीजीविषाले यहाँसम्म आइपुगेकी छन् । उनका श्रीमान जस्तैसबै पुरुषहरु सहयोगी हुनुपर्छ ।’

प्रतिष्ठानकी अध्यक्ष प्रजिता कार्कीले नेपालीमा अनुवाद भएपछि नेपालीभाषी पाठकहरुका लागि पुस्तकको महत्व बढ्ने भन्दै लेखकको क्यान्सरमुक्त बनेको अनुभव र नेपाली भान्सामा प्रयोग हुने मसला, तरकारी, खानपानसँगै जीवनशैलीका असाध्यै गहकिला पक्षहरुलाई उजागर गरेको बताइन् ।

शुभेच्छाले दाहिने भागको स्तन प्रत्यारोपण गराएकी छन् । छोरी जन्मेपछि स्तनपान गराउँदाको अनुभव र आफ्नो नयाँ स्तन शरीरलाई स्वीकार्न कति समय लागेको थियो भन्नेबारे लेखक शुभेच्छाले बताइन् । लेखक घिमिरे भन्छिन्, ‘आफ्नै शरीर हो कि होइन भनेर धेरै पछि स्वीकारेँ । कहिलेकाहीँ आफ्नै शरीर हेरेर झसंग जस्तो हुन्छु तर जति समय बित्दै जान्छ सम्झना रहन्छ तर दु:ख हराउने रहेछ ।’

घिमिरेद्वारा अंग्रेजी भाषामा सन् २०२० मा लेखिएको ‘क्यान्सर, करी एन्ड मी’को नेपाली अनुवाद महेश पौड्यालाले गरेका हुन् भने सम्पादन संयोजन डा अरुणा उप्रेती र युवराज नयाँघरेले गरेका हुन् । पुस्तकलाई तीन खण्डबाट पढ्न सहज हुन्छ । खण्ड १ मा लेखकले आफ्नो क्यान्सर यात्राको बारेमा लेखिकी छन् भने दोस्रो खण्डमा नेपाली भान्सामा पाइने जडिबुटी र त्यसले आफ्नो स्वास्थ्यमा पारेको प्रभावका बारेमा समेटेकी छन् । त्यसैगरी तेस्रो खण्डमा आफू निको भइसकेपछिको जीवनशैली र सचेतनामूलक कुराहरु समेटेकी छन् ।

 

Advertisement Banner
Previous Post

More than 1.9 Lakhs tourists visited Nepal in the first 5 months of 2022

Next Post

Iga Swiatek of Poland wins French Open 2022 Women’s Singles Title

Editorial Team

Editorial Team

Next Post
Iga Swiatek of Poland wins French Open 2022 Women’s Singles Title

Iga Swiatek of Poland wins French Open 2022 Women's Singles Title

Recommended

रम्बास् कविता:प्रेमाशक्त

रम्बास् कविता:प्रेमाशक्त

4 years ago
Trump files defamation lawsuit against BBC over editing controversy on Panorama

Trump files defamation lawsuit against BBC over editing controversy on Panorama

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.