डेंगुका कारण प्रदेश १ का मन्त्री तथा उम्मेदवारको निधन

विराटनगर : मोरङ-३ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भएको छ।
मनोनयनकै दिनदेखि बिरामी परेका उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए। बुधबार बिहान १०:३० बजे उनको निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए।
मंगलबार राति १०: ३० बजे अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आईसीयूमा राखिएको थियो।असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा देखि नै बिरामी रहेका उनी असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका थिए।उनलाई नोबेलमा उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित एम्स अस्पताल लगिएको थियो। एम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले जानकारी दिए।
कट्वालका अनुसार थापालाई क्याप्सिका निमोनिया पुष्टि भएको र अहिले बेडरेस्टको लागि अस्पतालमै राख्नुपर्ने डाक्टरको सुझाव पछि उनलाई एम्स अस्पतालबाट सोमबार नोबेल अस्पताल ल्याइएको थियो।२०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा लाई उनको निर्र्वाचन क्षेत्रमा आदर्शवान नेताको रुपमा सर्वसाधरणले लिने गर्दछन्।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालिन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए। त्यसपश्चात् ०७४ सालमा कांग्रेसबाट प्रदेशसभामा समानुपातिक कोटाबाट आएका उनलाई यो निर्वाचनमा प्रत्यक्ष लडेर चुनाव जित्ने उनको इच्छा थियो।
गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थापालाई यसपटक एमालेका उम्मेद्वार दिलिप राईले चुनौती दिइरहेका थिए। यसअघि सो क्षेत्रबाट एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसका सूयर्माराज राई विजयी भएका थिए। थापाका श्रीमती र एक छोरा छन्

Comments are closed.