कवि राजेश ढुंगानाको दोस्रो काव्यकृति ‘मैले खोजेको देश’सार्वजनिक

काठमाडौं । एक समारोहकाबीच कवि राजेश ढुंगानाको दोस्रो काव्यकृति ‘मैले खोजेको देश’ लोकार्पण भएको छ ।

शुक्रबार सर्वनाम नाट्य घरमा नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले कविताकृति लोकार्पण गरे । कृति सार्वजनिक गर्दै शर्माले आफूले कवि ढुंगानाको कविता ४० वर्षअघि नै छापेको बताए ।

काठमाडौं । कवि राजेश ढुंगानाको दोस्रो काव्यकृति ‘मैले खोजेको देश’ एक समारोहकाबीच लोकार्पण भएको छ ।

शर्माले भने, “राजेश उबेला कसैसँग नदब्ने मानिस हुन् । आज राजेश गम्भीर, सौम्य र पाको कवि भएका छन् ।”

नाट्यकर्मी अशेष मल्लले कवि ढुंगानाको कविता झन् खारिँदै गएको बताए । मल्लले भने, “राजेशमा ‘कविता छ र त म छु’ भन्ने भाव देख्छु म ।”लोकार्पित कृतिका तीन कविता कवि त्रय राजेन्द्र सलभ, रन्जना निरौला र श्री बाबुले वाचन गरेर सुनाएका थिए । कार्यक्रम मधु पाठकले संचालन गरेका थिए।

 

Comments are closed.