काठमाडौं । इलाम-२ र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ ।मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।
इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
इलाम-२ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि र बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
Trending Now
- LOD ranked 50th among the world’s best clubs
- इजरायली सेनाद्वारा गाजाको रफाह क्रसिङ नियन्त्रणमा
- चीनले १८ महिनापछि भारतका लागि नयाँ राजदूत पठाउँदै
- संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु : गृहमन्त्री
- ‘नौमुरे योजना’ को प्रस्ताव फेरि अगाडि बढाउन जरूरी छ : ओली
- स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गर्न चाँडै निर्देशिका जारी गर्छौं : मन्त्री दामोदर भण्डारी
- एमालेसँग मिलेर सरकार बनाउने विषयमा संवाद गरिएको छैन – कांग्रेस
- US revokes licences for supply of chips to China’s Huawei
- प्रधानमन्त्री ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगे
- World Red Cross Day was celebrated in Nepal
Comments are closed.