Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

भ्रष्टाचारविरुद्ध कार्टुन कला

himalaya Diary News Service by himalaya Diary News Service
April 19, 2022
in Entertainment, Literary Festival & Event, Nepal
0
भ्रष्टाचारविरुद्ध कार्टुन कला
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

 

 

वैशाख ६, २०७९, काठमाडौँ — राजनीतिदेखि शिक्षा, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा मौलाएको भ्रष्टाचारलाई कटाक्ष

कार्टुनिस्ट क्लब अफ नेपालले ‘निसाना’ शीर्षकमा कार्टुनकला प्रदर्शनी गरेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा राजनीतिदेखि शिक्षा, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा मौलाएको भ्रष्टाचार र अनियमिततालाई मूल विषय बनाइएको छ । कार्टुनहरूले मूलतः राजनीतिक विषयलाई केन्द्रमा राखेर यसभित्र भइरहेको विकृति विसंगतिलाई व्यंग्य गरेको छ । कोरोना महामारीका समयमा स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताबारे कार्टुन कलाहरूले बोलेका छन् ।

कार्टुनिस्टहरू दुर्गा बराल, अविन श्रेष्ठ, रविन सायमी, रवि मिश्र, अक्रिन अधिकारी, रवीन्द्र मानन्धर, देवेन्द्र थुम्केली, केशवराज खनाल, सुदर्शन सिग्देललगायतका दुई दर्जनभन्दा बढी कार्टुनिस्टहरूले भ्रष्टाचारलाई कलात्मक रूपमा देखाएका छन् । विशेष गरी चित्रकलाको फाँटमा चिनिएका सुषमा राजभण्डारी, जीवन राजोपाध्याय, कृष्णगोपाल श्रेष्ठलगायतकाले समेत कार्टुन कलामार्फत अहिलेको भ्रष्टाचारजस्तो विसंगतिलाई केलाउने जमर्को गरेका छन् ।

राजभण्डारीले मुलुकमा तस्कर, दलाल, माफिया, बिचौलिया, भ्रष्टाचारीका कारण भइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ भन्ने भावलाई प्रस्तुत गर्ने कार्टुन कला बनाएकी छन् । त्यस्तै मानन्धरले राजनीतिक दलका नेताहरूले सत्ताको बागडोर सम्हाल्नुअघि लिइने शपथग्रहणलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । तीव्र रूपमा बढेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने संयन्त्र राज्यका नरहेको पक्षलाई समेत उनले कार्टुनमा देखाएका छन् । सिग्देलले सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिइने दिवा खाजामा समेत भइरहेको अनियमिततालाई ‘खाजा’ शीर्षक राखेर कार्टुन तयार गरेका छन् ।

प्रदर्शनी उद्घाटन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको स्विकार्दै खबरदारी गर्ने खालका कार्टुनहरू जरुरी रहेको भनाइ राखे । ‘भ्रष्टाचारविरुद्ध निसाना बनाएर सातै प्रदेशमा अभियानका रूपमा लैजाने संकल्प गर्नुभएको छ,’ उनले भने ।

Advertisement Banner
Previous Post

    मिस नेपालका लागि आवेदन खुला

Next Post

वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

Recommended

New park in central Bangkok gives Thais needed green space

New park in central Bangkok gives Thais needed green space

4 years ago
EU designates Iran’s Islamic Revolutionary Guard Corps as terrorist group

EU designates Iran’s Islamic Revolutionary Guard Corps as terrorist group

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.