कृष्णहरि बराल र गणेश गुरूङ सम्मानित र  पुरस्कृत

  काठमाडौँ — प्रसिद्ध गीतकार कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र गायक तथा संगीतकार गणेश गु्रुङलाई ‘प्रतिभापुरस्कार’ प्रदान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उक्त सम्मान र पुरस्कार प्रदान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र प्रतिष्ठानका अध्यक्ष तथा युद्ध साहित्य स्रष्टा गणेश राईले शनिबारराजधानीमा उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि ५० हजार रुपैयाँ र पुरस्कार एक लाख रुपैयाँको रहेको छ । प्रतिष्ठानका महासचिव देबेन्द्र खेरेसका अनुसार चौधौं वर्षदेखि यो सम्मान तथा पुरस्कार प्रदान गरिँदै आएको छ । ।त्रिविका प्राध्यापकसमेत रहेका गीतकार बरालका १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन् । त्यस्तै पुरस्कृत गुरुङ तीनदशकदेखि संगीतकर्ममा संलग्न छन् । त्यस अवसरमा सम्मानित स्रष्टाका बारेमा समालोचक रजनी ढकाल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञदेवी नेपाल, मदन राई‘लामाखुले’, प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईलगायतले बोलेका थिए ।

Read moreDetails
‘सृजन अविरलको मोक्ष उपन्यास पुरस्कृत’ 

  चितवन, चैत्र, १, साहित्य सङ्गम चितवनद्वारा प्रत्येक वर्ष प्रदान गरिदै आएको शहीद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कार यस वर्ष...

Read moreDetails
“हराएको मुस्कान”उपनयास लोकार्पण तथा सम्मान

    २०७८ फाल्गुन ३०, होटल ¥याडिसनमा वरिष्ठ गायिका स्मिता धिमिरेद्वारा लिखित उपन्यास “हराएको मुस्कान”को लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम...

Read moreDetails
‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री

फागुन,२८,२०७८,पोखराः युवाकवि अमृत छेत्रीको कविताकृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित समारोहमा शनिबार वरिष्ठ साहित्यकार सरुभक्त र...

Read moreDetails
दुई स्रष्टा सम्मानित

५, फाल्गुन, २०७८,  नृवंश शास्त्री, समाज सुधारक श्रद्धेय धरणिधर दाहालज्यूको ९५औँ स्मृति सभामा सामाजिक बिकास मन्त्रीज्यूको प्रमुख आतिथ्यमा “धरणिधर स्मृति...

Read moreDetails
पुरस्कार स्थापना

२०७८ फाल्गुन ६ पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा साहित्यपोस्टले यो वर्ष दुईवटा पुस्तक र त्यसका...

Read moreDetails
Page 7 of 7 1 6 7