Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री

himalaya Diary News Service by himalaya Diary News Service
March 13, 2022
in Author, Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

फागुन,२८,२०७८,पोखराः युवाकवि अमृत छेत्रीको कविताकृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित समारोहमा शनिबार वरिष्ठ साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठले कृति लोकार्पण गरे ।

सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र उडान गर्न पाउनुपर्ने बताए । कविता स्वयंमा शालीन र कोमल हुने भएकाले कवितालाई कित्ताकाट गर्न नहुने कुरामा उनको विशेष जोड थियो । कविलाई सीमामा बाँध्नु उचित नहुने उल्लेख गर्दै उनले कविता पढ्ने मन त्यति सुन्दर हुनुपर्छ जति भीरमा फुलेको फूल हेर्ने आँखा सुन्दर चाहिन्छ । नेपाली कवितामा अमृतको उपस्थिति निकै भरोसालाग्दो बनेर उभिएको बताउँदै उनका कवितामा जीवन र समाजको सुन्दर प्रतिबिम्ब आएको बताए ।

कवि तीर्थ श्रेष्ठले सूत्रात्मक अभिव्यक्तिमा कविता बुन्न कवि अमृतले कुशलता देखाएको बताए । कविता आफैँमा छोटो अभिव्यक्ति भएकाले यसलाई अनावश्यक शब्दको बोझ बोकाउनु उचित नहुने कुरामा उनले विशेष जोड दिए । कवि सरस्वती श्रेष्ठ ‘सरू’ले कवि अमृत पछिल्लो समय निकै क्षमतावान् बनेर उदाएकोमा आफूलाई खुसी मिलेको बताइन् ।

 

समीक्षक सञ्जीव पौडेलले कविता संग्रहमा कवि अस्तित्ववादी, विसंगतिवादी, प्रकृतिप्रेमी, देशभक्तिको भावना प्रमुख रूपमा मुखरित भएको सुनाए । उनले बहुविषयमा आधारित रहेर कोमल अभिव्यक्ति दिने कार्यमा कवि अमृत सङ्ग्रहमा सफल रहेको बताए । कवितामा कोमलता हराउँदै गएको वर्तमान अवस्थामा अमृतले त्यसलाई फेरि जगाउने कार्य गरेको भन्दै उनका कवितामा दार्शनिकता प्रमुख विशेषता बनेर उपस्थित भएको कुरा व्यक्त गरे । कृतिले कोमल, शिक्षित र बौद्धिक पाठकको अपेक्षा गर्नेसमेत बताए । अमृतका कवितामा सहरीकरणको रुखोपन, आमाको महानता, राजनीतिक विकृतिमाथिको शालीन विद्रोह, वैदेशिक रोजगारका व्यथा आदि विषय र स्वर प्रमुख रूपमा अभिव्यक्त भएको बताए ।

 

कवि अमृतले आफ्ना कविताका रचना गर्भ र जीवनका अनुभूतिहरू सुनाए । कार्यक्रममा कवि ईश्वरमणि अधिकारी, दीपक समीप, चन्द्रवीर तुम्बापो, मीना श्रेष्ठ, मोहन भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement Banner
Previous Post

Innovation in genetic technologies rewarded by UNESCO-Equatorial Guinea International Prize for Research in Life Sciences

Next Post

संगीतकार दीपक जंगम पुरस्कृत

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
संगीतकार दीपक जंगम पुरस्कृत

संगीतकार दीपक जंगम पुरस्कृत

Recommended

Contempt of court case filed against PM Karki over ambassadors’ recall

Gen Z leaders demand dismissal of PM’s chief personal secretary

10 months ago
UN-LINKED WILDLIFE CONVENTION AFFIRMS VANTARA AS A LAWFUL GLOBAL HUB OF CONSERVATION EXCELLENCE

UN-LINKED WILDLIFE CONVENTION AFFIRMS VANTARA AS A LAWFUL GLOBAL HUB OF CONSERVATION EXCELLENCE

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.