नेपालभाषामा हाइकुको अवस्था, हाइकु वाचन तथा वाचित हाइकुबारे परिचर्चा गरेर ललितपुरमा अन्तरराष्ट्रिय हाइकु दिवस मनाइएको छ । कार्यक्रम नेपालभाषा मंका खल यल र नेवा हाइकु ख्यको संयुक्त आयोजनामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. आनन्द जोशीले हाइकुमा आजको विषय आउनुपर्छ भन्दै यसलाई अन्तरराष्ट्रिय स्तरमा पु¥याउन विशेष पहल आवश्यक भएको बताउनुभयो ।
अर्का वक्ता कथाकार ध्रुव मधिकर्मीले हाइकु लेख्नेहरुको उत्साहप्रद उपस्थितिले गर्दा यसको भविष्यलाई लिएर आश्वस्त हुने अवस्था आएको बताउनुभयो ।
हाइकु ख्यका संयोजक सुरेश प्रधानले दिवसका लागि प्राप्त हाइकुहरुको संकलन गरेर पुस्तक प्रकाशित गर्ने योजना रहेको बताउनुभयो ।
मंका खलःका अध्यक्ष हिराकाजी महर्जनले भाषा साहित्यको विकासमा मंकाः खलले पनि सघाउ पु¥याउने बताउनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य, वडाध्यक्ष निर्मलरत्न शाक्य, हाइजिन तुयु पुंले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाहरू पुष्कर माथेमा, शाक्य सुरेन, दिव्या ताम्राकार, विमलप्रभा बज्राचार्य, रामेश्वर जलन, मिमला शर्मा, सञ्जयराज शर्मा, कविन्द्रलाल प्रधान, मिनर्वा शर्मा, रीता महर्जन, अञ्जना ताम्राकार, मोक्षबहादुर अमात्य, लुमन्ति चित्रकार, चेतनाथ धमला, मन्जु सिंह श्रेष्ठ अनुप श्रेष्ठाचार्य, जयप्रकाश शाक्य, राजेश बज्रचार्य, राजेश्वरी राजोपाध्याय लगायतले हाइकु वाचन गर्नुभएको थियो ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.