Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा विचार- गोष्ठीको आयोजना

Editorial Team by Editorial Team
July 6, 2022
in Literary Festival & Event, Literature, Nepal
0
डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा विचार- गोष्ठीको आयोजना
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार २१ / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । आख्यानकार डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा भवनको लेखनाथ प्रवचनकक्षमा विचार–गोष्ठी आयोजना गरिएको हो ।

‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले डायमनशमशेरलाई ऐतिहासिक विषयवस्तु र पात्रहरू बोकेर सटिक विचार प्रस्तुत गर्न सफल उपन्यासकारका रूपमा व्याख्या गर्नुभयो । उहाँले राणाशासनको विरोध गरेका कारण डायमनशमशेर सत्ताद्वारा पीडित र अपहेलित बन्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– “डायमनशमशेरको जीवनको उत्तरार्ध निकै दुःखपूर्ण भएको थियो । राणा परिवारको मान्छे भएर पनि समाज प्रजातान्त्रिक हुनुपर्छ भन्ने मान्यता राखेकाले नै उहाँले दुःख भोग्नुभयो । उहाँ जेल पनि जानुभयो तर नेपाली ऐतिहासिक उपन्यासमा देश र विदेशमा मान्यता प्राप्त गर्ने उहाँ नै हुनुहुन्थ्यो ।”

कुलपति उप्रेतीले वि.सं. २०३३ सालमा डायमनशमशेरको उपन्यासबारे जोडिएको संस्मरण समेत कार्यक्रममा सुनाउनुभयो । “एउटा समय यस्तो थियो कि उहाँ राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो र साहित्यमा पनि । सेतो बाघ, वसन्ती र एक अर्काे गरी उहाँका तीनवटा कृति प्रकाशित भइसकेका थिए । कसैले पनि ती कृतिका बारेमा लेख्ने साहस गरेनन् । २०३३ सालमा उपन्यास निस्केको थियो । त्यो कृतिले मलाई छोएन । वसन्ती, सेतो बाघ लेख्ने उपन्यासकारले त्यो कृतिमा आग्रह राख्नुभएको थियो । मैले त्यतिबेलाको ‘रूपरेखा’मा त्यसबारे समालोचना प्रकाशित गरेको थिएँ ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाली ऐतिहासिक उपन्यास विधामा डायमनशमशेर राणाको विशिष्ट योगदान रहेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– “किताबको रोयल्टीबापत प्राप्त भएको रकमले जीवनयापन गर्ने लेखक राणा नै हुनुहुन्थ्यो । उहाँका कृतिहरू थुप्रै विदेशी भाषामासमेत अनूदित भई प्रकाशित भएका छन् ।” प्रा. उपाध्यायले आख्यानकार राणा राणा परिवारकै सदस्य भएर पनि राणाशासन विरोधी अभियानमा लाग्ने व्यक्तिहरूमध्येका एक भएको बताउनुभयो । उहाँले प्रजातान्त्रिक मूल्यमान्यताप्रति आस्था राखेर राणाले लेखेका ‘सेतो बाघ’, ‘वसन्ती’ लगायत उपन्यासहरू अहिले पनि पाठकमाझ उत्तिकै लोकप्रिय रहेको बताउनुभयो ।

प्रज्ञा–प्रतिष्ठानको साहित्य (गद्य/आख्यान) विभाग प्रमुख प्राज्ञ माया ठकुरीले डायमनशमशेर राणा नेपाली साहित्यलाई विश्व बजारमा परिचित गराउने साहित्यकार भएको बताउनुभयो । “राणाको सेतो बाघ उपन्यास विश्वकै सर्वाधिक महत्वपूर्ण, प्रतिष्ठित र सबैभन्दा ठुलो राशिको नोबेल पुरस्कारका लागि पेन नेपालबाट सिफारिस भई गएको थियो । डायमनशमशेरले भावी पुस्तालाई ठुलो गुण लगाएर जानुभएको छ ।”

 

 

Advertisement Banner
Previous Post

Students vote University of Sheffield courses among the best for satisfaction

Next Post

महानन्द साहित्यसाधक सम्मान २०२२  माया ठकुरीलाई

Editorial Team

Editorial Team

Next Post
महानन्द साहित्यसाधक सम्मान २०२२  माया ठकुरीलाई

महानन्द साहित्यसाधक सम्मान २०२२  माया ठकुरीलाई

Recommended

हङकङमा हाउजिङ कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु

हङकङमा हाउजिङ कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु

9 months ago
6.6 Magnitude Earthquake Strikes Indonesia’s Sumatra Island

Mild earthquake hits central Nepal’s Manang district

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.