विश्व कविता दिवस मनाइयो

काठमाडौँमा विश्व कविता दिवस मनाइएको छ । अम्बर पब्लिकेसनको आयोजनामा थाहा पुस्तकालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कविहरूले
विभिन्न कविता वाचन गरेर दिवस मनाएका थिए । थाहा पुस्तकालयमा उपस्थित भएका करिब बीस जना कविहरूमध्ये सबैले दुई दुई र केहि कविहरूले तीन कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए ।


नेपाल भरि विभिन्न कार्यक्रम गरेर मनाइएको विश्व कविता दिवसलाई सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा भने सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।

अम्बर पब्लिकेसनको आयोजनामा थाहा पुस्तकालयमा कवि सुवास सिंह पराजुलीको संयोजनमा सम्पन्न गरिएको कविता वाचन कार्यक्रममा कवि भिष्म उप्रेती, रन्जना निरौला, सुमन बर्षा, प्रज्ज्वल अधिकारी, नीता पोख्रेल, रुप सिंह भण्डारी, भोज कुमार धमला, पारु तिमल्सिना, नीता श्रेष्ठ, संजय सुमन, बिश्वास सिग्देल, प्रतीक्षा पौडेल लगायतका कविहरुले कविता वाचन गरेका थिए । विभिन्न विषयबस्तुका कविताहरु सुनाइरहंदा कार्यक्रम नै कवितामय बनेको थियो। सम्पूर्ण सहभागी कविहरुलाई कवि तथा कार्यक्रमका प्रमुख संयोजक सुवास सिंह पराजुलीले मायाको चिनो स्वरुप एक एक डायरी प्रदान गर्नु भएको थियो।

Comments are closed.