चारुशीला वाङ्मय प्रतिष्ठान’द्वारा पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

१०, अषाढ, काठमाडौँ । बागबजारस्थित हार्दिक होटलको शभाहलमा ‘चारुशीला पुरस्कार तथा सम्मान’ अर्पण कार्यक्रम सम्पन्न भएको छ । चारुशीला वाङ्मय प्रतिष्ठानकी संरक्षक चारुशीला मिश्रको संरक्षकत्वमा संस्थाका अध्यक्ष साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोभिडका कारण स्थगित २०७६ र २०७७का पुरस्कारहरु एउटै समारोहमा प्रदान गरिएको थियो । २०७६ को ‘चारुशीला पुरस्कार’ प्राध्यापक शिवगोपाल रिसाल र साहित्यकार तथा समाजसेवी श्रीमती रमा शर्मालाई अर्पण गरिएको छ । २०७७ को ‘चारुशीला पुरस्कार’ साहित्यकार मुकुन्दशरण उपाध्याय तथा साहित्यकार श्रीमती गीता केशरीलाई अर्पण गरिएको हो । २०७६ को ‘चारुशीला प्रतिभा पुरस्कार’ साहित्यकार तथा सम्पादक रञ्जना निरौलाले तथा २०७७ को ‘चारुशीला प्रतिभा पुरस्कार’ साहित्यकार तथा सम्पादक सूर्यप्रसाद लाकोजूलाई प्रदान गरिएको थियो ।

यसैगरी जाजरकोट की १२ वर्र्षीय सपना रावत तथा मुगु का १४ वर्षीय दीपेन्द्र बानियाँ ले विश्वराज छात्रवृत्ति पुरस्कार पाउनुभयो कार्यक्रममा तरूण मा.वि र नन्दी रात्रि मावि लाई क्रमशःविश्वराज पुरस्कार २०७६ र २०७७ ले सम्मानित गरिएको थियो । कार्यक्रमा अद्भुत संयोग रह्यो पुरस्कार प्रदान गर्ने ९४ वर्ष की वयोवृद्ध चारुशीला मिश्र र ‘चारुशीला पुरस्कार’ ग्रहण गर्ने सबै मनीषी साधकहरु ८१ वर्ष उमेर नाघेका हुनुहुन्छ ।

 

 

 

Comments are closed.