Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

२०२५ मा विश्वसँगको व्यापारमा चिनले गर्यो प्रशस्त बचत

Editorial Team by Editorial Team
January 14, 2026
in Business, News, World
0
२०२५ मा विश्वसँगको व्यापारमा चिनले गर्यो प्रशस्त बचत
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

 

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अतिरिक्त भन्सार महसुल (ट्यारिफ) तनाव बढेको भएपनि २०२५ मा चीनले बाँकी विश्वसँगको व्यापारमा प्रशस्त बचत गरेको छ । गएको वर्ष चीनले झन्डै १२ खर्ब डलर व्यापार बचत गरेको छ । यो अहिलेसम्मकै धेरै हो । अमेरिकासँगको व्यापार र ट्यारिफ तनावका बीचमा ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूको अर्डर अन्य बजारतिर सारिरहँदा यो तथ्याङ्क बाहिरिएको हो ।
गएको वर्ष जनवरीमा ट्रम्प दोहोर्‍याएर ह्वाइट हाउसमा छिरेपछि अमेरिका र चीनबिच ट्यारिफ तनाव बढेयता चिनियाँ कम्पनीहरूले दक्षिण पूर्वी एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा व्यापार बढाइरहेका छन् । घरजग्गा बजारमा आएको मन्दी र घरेलु मागमा आएको सुस्तीबाट बच्न पनि चीनले निर्यात बढाउने नीति अपनाइरहँदा व्यापार बचतले कीर्तिमानी उचाइ छोएको हो ।
२०२५ भर चीनको व्यापार बचत ११ खर्ब ८९ अर्ब डलर रहेको बुधबार प्रकाशित भन्सारको तथ्याङ्कले देखाएको छ । यो भनेको साउदी अरब जस्ता विश्वका २० ठुला अर्थतन्त्रको जीडीपी बराबर हो । नोभेम्बरमा पहिलो पटक चीनको व्यापार बचत १० खर्ब डलर माथि उक्लिएको थियो । विश्व व्यापार वृद्धिको गति पर्याप्त नरहेको र चीनको विदेश व्यापारको लागि बाह्य वातावरण पनि गम्भीर र जटिल रहेको चीनको भन्सार मन्त्रालयका उपमन्त्री वाङ जुनले बुधबार पत्रकार सम्मेलनमा भने ।

यद्यपि, व्यापार साझेदारमा विविधीकरण गर्ने चीनको क्षमताले जोखिम निकै हदसम्म सहन सकेको पनि उनले बताए । डिसेम्बरमा चीनको निर्यात वार्षिक ६ दशमलव ६ प्रतिशतले बढेको छ । नोभेम्बरमा यो दर ५ दशमलव ९ प्रतिशत थियो । सो अवधिमा निर्यात ३ प्रतिशतले बढ्ने रोयटर्सको जनमत सर्वेक्षणले देखाएको थियो । डिसेम्बरमा आयात ५ दशमलव ७ प्रतिशतले बढेको छ । नोभेम्बरमा यो दर १ दशमलव ९ प्रतिशत मात्रै थियो । सो अवधिमा आयात शून्य दशमलव ९ प्रतिशतले मात्रै बढ्ने अनुमान गरिएको थियो । निर्यातमा भएको सुदृढ वृद्धिले कमजोर घरेलु मागको प्रभाव कम गर्न मद्दत गरेको पिनप्वाइन्ट एसेट म्यानेजमेन्टमा प्रमुख अर्थशास्त्री रहेका निवेई झाङ भन्छन् ।

Advertisement Banner
Previous Post

चुनौतीपूर्ण बन्दै डिजिटल अर्थतन्त्रको औपचारिकीकरण

Next Post

इजरायलले पनि संयुक्त राष्ट्रसंघ (युएन)सम्बद्ध कयौँ एजेन्सीबाट आफूलाई अलग्यायो

Editorial Team

Editorial Team

Next Post
इजरायलले पनि संयुक्त राष्ट्रसंघ (युएन)सम्बद्ध कयौँ एजेन्सीबाट आफूलाई अलग्यायो

इजरायलले पनि संयुक्त राष्ट्रसंघ (युएन)सम्बद्ध कयौँ एजेन्सीबाट आफूलाई अलग्यायो

Recommended

गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पुग्यो

गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पुग्यो

7 months ago
Chinese Foreign Minister Mr. Wang Yi paid courtesy call on Nepal President Mrs. Bidya Devi Bhandari today

Chinese Foreign Minister Mr. Wang Yi paid courtesy call on Nepal President Mrs. Bidya Devi Bhandari today

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.