काठमाडौं । आज आइतबारदेखि धरहरा चढ्दा पैसा तिर्नुपर्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न अब पैसा लाग्ने भएको हो ।स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो ।उक्त प्रस्ताव स्वीकृत भएसँगै यही आइतबारदेखि धरहरा चढ्दा उल्लिखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।
Trending Now
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने