Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन ‘ऊलमार्क’ सँग सहकार्य

उच्च मूल्यका उत्पादनमा जोड

Editorial Team by Editorial Team
March 24, 2026
in Uncategorized
0
नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन ‘ऊलमार्क’ सँग सहकार्य
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ र अन्तर्राष्ट्रिय संस्था ‘ऊलमार्क’ बीच सहकार्य शुरु भएको छ ।
राजधानीमा आयोजित ‘अपर्चुनिटी विथ मेरिनो ऊल फर नेपाल’ विषयक कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अष्ट्रेलियाको ऊलमार्कसँगको सहकार्यले नेपाली अर्थतन्त्र र निर्यात क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पाण्डेकाअनुसार यो परियोजनाका लागि विगत ६ महिनादेखि भारत र नेपालमा विभिन्न चरणमा छलफल र अध्ययन भएको थियो ।
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा ऊलमार्कसँगको सहकार्य झनै महत्वपूर्ण हुने पाण्डेको भनाइ छ । मेरिनो ऊनबाट बनेका कपडाहरू विश्व बजारमा गुणस्तरीय र महँगो मानिन्छन् । नेपालको निर्यातको आकार सानो भएपनि ‘निस मार्केट’का लागि यो उपयुक्त हुने र यसले राज्यको ढुकुटीमा राम्रो योगदान दिने पाण्डेले बताउनु भयो । हाल नेपालबाट वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको तयारी पोशाक निर्यात भइरहेको छ, जुन गलैँचापछि तेस्रो मुलुक निर्यात हुने दोस्रो ठूलो वस्तु हो । देशमा आउन लागेको नयाँ सरकार र युवा प्रधानमन्त्रीप्रति संकेत गर्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रको समस्या बुझ्ने र व्यापार व्यवसायलाई प्राथमिकता दिने सरकारको अपेक्षा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले ऊलमार्कसँग कसरी काम गर्ने भनेर लामो समय छलफल ग¥यौँ । हाम्रो सदस्य कम्पनी ‘ट्रिकोट’ ले त यसमा काम शुरु नै गरिसकेको छ । यो नेपालका लागि ठूलो अवसर हो । स्तरोन्नतिपछि आउने व्यापारिक चुनौती र ‘डबल ट्रान्सफर्मेसन’ को प्रावधानमा जानुपर्ने बाध्यात्मक अवस्थामा ऊलमार्कले हामीलाई ठूलो सहयोग पु¥याउन सक्छ । युवा र ऊर्जावान प्रधानमन्त्री आउँदै हुनुहुन्छ । यो सरकारले निर्यात र निजी क्षेत्रको विकासमा विशेष ध्यान दिनेछ भन्ने हाम्रो विश्वास छ ।’
अहिले फ्याब्रिक (कपडा) आयात गरेर काम शुरु गरे पनि भविष्यमा नेपालमै बाख्रा पालन गरी प्राकृतिक रेशा उत्पादन गर्न सकिने सम्भावना रहेको बताउनु भयो । भविष्यमा ऊलमार्कसँग मिलेर नेपालमै बाख्रा पालन र कच्चा पदार्थ उत्पादनमा पनि साझेदारी गर्न सकिने बताउनु भयो ।

Advertisement Banner
Previous Post

कोलम्बियामा सैन्य विमान दुर्घटना: मृत्यु हुनेको संख्या ६६ पुग्यो

Next Post

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

Editorial Team

Editorial Team

Next Post
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

Recommended

There’s a Book for That: Black History for Young Readers

There’s a Book for That: Black History for Young Readers

4 years ago
Nepal: Bank deposit interest rates fall below 5% after cuts by 13 banks

Nepal: Bank deposit interest rates fall below 5% after cuts by 13 banks

4 months ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.