काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिमा नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको कीर्तिपुरको प्रमुख पदमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका हुन् ।उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा एमालेका सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए ।
यसैगरी, ुकेटा र केटीु चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार राजमान महर्जनले दुईहजार ३६ मत ल्याए । यस्तै, ुबाकसु चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार कविकुमार महर्जनले एकहजार ३१४ मत ल्याए ।
अर्का स्वतन्त्र उमेदवार ‘कैँची’ चिह्न पाएका दिनेशकुमार अधिकारीले एकहजार ४८ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले ९९५ मत ल्याए ।कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उमेदवार नै निर्वाचित भएका छन् । वडा नम्बर ४ मा यसअघि स्वतन्त्र उमेदवार जितेका थिए ।यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो ।
Trending Now
- माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो
- ललितपुरमा फिल्म साउथ एसिया महोत्सव, ४७ वटा लघु चलचित्र देखाइने
- Russia launches ‘Condor-FKA radar’ satellite
- One lakh 73 thousand tourists in Mustang in two months
- Nepal and China signed BRI Framework
- स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिए: महामन्त्री शर्मा
- प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई
- If Israeli hostages are not released from Gaza, the Middle East will be seriously damaged: Trump
- Mass demonstrations in South Korea, US high alert to its citizens
- The African country of Namibia got its first female president