Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

वीरगंजमा धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्र विफल: मस्जिदमा सुँगुरको टाउको फाल्ने योजना सहित तीन जना पक्राउ

Editorial Team by Editorial Team
March 4, 2026
in Nepal, News
0
वीरगंजमा धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्र विफल: मस्जिदमा सुँगुरको टाउको फाल्ने योजना सहित तीन जना पक्राउ
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीरगंजमा धार्मिक द्वन्द्व भड्काउने योजनासहित सक्रिय एक समूहलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाले मस्जिदमा सुँगुरको टाउको फालेर आतंक सिर्जना गर्ने र पटाका तथा सुतली बम प्रयोग गरी अशान्ति फैलाउने योजना बनाएको सूचनापछि विशेष अपरेसन सञ्चालन गरेको थियो।
सुरक्षा स्रोतका अनुसार वीरगंज महानगरपालिका–१६ स्थित एक मस्जिदलाई निशाना बनाएर धार्मिक सद्भाव खल्बल्याउने प्रयास भइरहेको गोप्य सूचना प्राप्त भएपछि सेना सतर्क बनेको थियो। सोही सूचनाका आधारमा उपसेनानी विकाश मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगंज–१६ छप्कैया चोक आसपास क्षेत्रमा निगरानी बढाएको थियो।
राति करिब १२ः३० बजेदेखि २ः३० बजेसम्म सञ्चालन गरिएको अपरेसनका क्रममा तीन जनालाई बन्दोबस्तीका सामानसहित नियन्त्रणमा लिइएको जनाइएको छ। पक्राउ पर्नेमा वीरगंज–१६ निवासी १६ वर्षीय कृष्ण यादव, सुनसरीको इनरुवा घर भएका १८ वर्षीय रोहित पटेल र १६ वर्षीय अवजित यादव रहेका छन्।
उनीहरूको साथबाट ठूलो परिमाणमा सुतली बम, मोबाइल फोन, पावर बैंक, चार्जर, सेतो रंगको तार र सुँगुरको टाउको बरामद गरिएको सेनाले जनाएको छ। बरामद सामग्री र प्रारम्भिक अनुसन्धानबाट मस्जिद परिसरमा सुँगुरको टाउको फालेर धार्मिक भावना भड्काउने र त्यसपछि पटाका तथा सुतली बम विस्फोट गराएर आतंक सिर्जना गर्ने योजना रहेको आशंका गरिएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार यस्तो गतिविधिले निर्वाचनको समयमा साम्प्रदायिक तनाव निम्त्याउने, स्थानीय स्तरमा द्वन्द्व चर्काउने र मतदान प्रक्रियालाई प्रभावित पार्ने जोखिम थियो। “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन सुरक्षाकर्मी पूर्ण तयारीमा छन्। कुनै पनि प्रकारको उक्साहट वा द्वन्द्व सिर्जना गर्ने प्रयासलाई कडाइका साथ नियन्त्रण गरिनेछ,” एक सुरक्षा अधिकारीले बताए।
नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धानका लागि पर्सा प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले उनीहरूमाथि धार्मिक सद्भाव भड्काउने प्रयास, विस्फोटक पदार्थ सम्बन्धी कसुर तथा सार्वजनिक शान्ति भंग गर्ने नियतबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा पनि खोजी भइरहेको छ।
स्थानीय बासिन्दाले समयमै सुरक्षाकर्मी सक्रिय हुँदा सम्भावित ठूलो दुर्घटना टरेको प्रतिक्रिया दिएका छन्। “यदि मस्जिदमा यस्तो कार्य भएको भए यहाँको अवस्था भयावह हुन सक्थ्यो,” एक स्थानीयले बताए। वीरगंज बहु–धार्मिक तथा बहु–सांस्कृतिक समाज रहेको क्षेत्र भएकाले यस्ता घटनाले छिट्टै तनाव फैलाउन सक्ने सम्भावना रहने जानकारहरू बताउँछन्।
निर्वाचन नजिकिँदै जाँदा वीरगंजसहित सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता थप कडा बनाइएको छ। संयुक्त सुरक्षा गस्ती, संवेदनशील क्षेत्रको निगरानी, र शंकास्पद गतिविधिमाथि कडाइ गरिँदै आएको सुरक्षा निकायले जनाएको छ।
यस घटनाले निर्वाचनको पूर्वसन्ध्यामा असामाजिक तत्वहरू सक्रिय हुन सक्ने संकेत दिएको भन्दै सुरक्षा निकायले सर्वसाधारणलाई पनि सचेत रहन अपिल गरेको छ। कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
सम्भावित धार्मिक द्वन्द्व निम्त्याउने योजनासहितको यो प्रयास विफल भएसँगै वीरगंजमा सुरक्षा व्यवस्था अझ मजबुत बनाइएको छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायले ‘शून्य सहनशीलता’ नीति अपनाउने स्पष्ट पारेका छन्।

Advertisement Banner
Previous Post

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

Next Post

देशका सीमा नाका ७२ घण्टा ‘सील’

Editorial Team

Editorial Team

Next Post
देशका सीमा नाका ७२ घण्टा ‘सील’

देशका सीमा नाका ७२ घण्टा ‘सील’

Recommended

NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE inches up by 1.53 points with turnover reaching Rs 8.22 billion

7 months ago
China: Over 1,300 flights cancelled in Shanghai in view of Typhoon Dolphin

China: Over 1,300 flights cancelled in Shanghai in view of Typhoon Dolphin

1 month ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.