Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Editorial Team by Editorial Team
February 2, 2026
in Nepal, News
0
उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ मा करोडौँ भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कागजी रेकर्डमा देखाइएको भन्दा भौतिक परीक्षण गर्दा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर कम पाइएको छ । कर्मचारीहरूले आपसी मिलेमतोमा स्टक कम देखाई ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रूपैयाँ २६ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आयोगको भनाइ छ ।
अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसँग १२ करोड ४७ लाख २२ हजार २४२ रूपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै अन्य प्रतिवादीहरू तत्कालीन निमित्त महाप्रबन्धकहरू महेशप्रसाद काफ्लेसँग १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाँ, नवलकिशोर शाहसँग ४६ करोड ५२ लाख ७४ हजार ४२६ रूपैयाँ बिगो दाबी गरिएको छ ।
तत्कालीन उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, तत्कालीन क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख रामबहादुर जीसीसँग पनि जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा बिगो दाबी गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महालेखा परीक्षकको प्रतिवेदनले क्लिङ्करको खपत बढी तर उत्पादन घटी देखाएको प्रतिवेदनमा अख्तियारले अनुसन्धान थालेको प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।

Advertisement Banner
Previous Post

राष्ट्रपति पौडेल जापान पुगे

Next Post

निर्वाचनआयोगले माग्यो आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण

Editorial Team

Editorial Team

Next Post
निर्वाचनआयोगले माग्यो आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण

निर्वाचनआयोगले माग्यो आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण

Recommended

Bangladesh: Newly Elected BNP MPs Take Oath of Office at Jatiya Sangsad

Bangladesh: Newly Elected BNP MPs Take Oath of Office at Jatiya Sangsad

6 months ago
Maini Claims Gritty Fifth Place at Imola Feature Race in Formula 3

Maini Claims Gritty Fifth Place at Imola Feature Race in Formula 3

4 years ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.