Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

Editorial Team by Editorial Team
December 10, 2025
in Nepal, News
0
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले जेनजी ९नवयुवा पुस्ता० ले मानव अधिकारलाई कागजी कानुनमा सीमित नराखी व्यवहारमा कसरी लागू भइरहेको छ भन्ने पक्षमा बढी केन्द्रित हुने बताएकी छन् । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको सक्रियता र खबरदारी लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण रूप रहेको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “विशेषगरी हाम्रो नयाँ पुस्ता—जेनजी—ले मानव अधिकारलाई कानुनी ग्रन्थमा मात्र होइन, व्यावहारिक नतिजासँग जोडेर बुझ्ने गरेका छन् । सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण हो र म यसलाई सम्मान गर्दछु ।”
युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न सरकार दृढतापूर्वक अघि बढ्ने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् ।
मानव अधिकारका प्रमुख चुनौतीबारे बोल्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारलाई सबैभन्दा गम्भीर अवरोधको रूपमा प्रस्तुत गरिन् । उनका अनुसार, “भ्रष्टाचार आर्थिक अनियमितता मात्र होइन, विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लंघन हो । कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुँदा बिरामी उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छन् ।”
उनले भ्रष्टाचारविरुद्ध सरकार जुनसुकै हदसम्म कडाइ गर्ने स्पष्ट संकेत दिँदै भनिन्, “पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानव अधिकार सुरक्षित रहन सक्दैन । यस दिशामा सरकार दृढतापूर्वक अगाडि बढिरहेको छ ।”

Advertisement Banner
Previous Post

इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

Next Post

हितेन्द्रदेव शाक्यले पदबहाली गरे

Editorial Team

Editorial Team

Next Post
हितेन्द्रदेव शाक्यले पदबहाली गरे

हितेन्द्रदेव शाक्यले पदबहाली गरे

Recommended

Election Commission to hold federal and provincial elections by mid-December

Election Commission to hold federal and provincial elections by mid-December

4 years ago
नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई शिघ्रातिशिध्र प्रयोगमा ल्याउने विषयमा छलफल

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.