दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत

 

 

०७९ वैशाख २४, काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको २३औँ वार्षिकोत्सवका अवसरमा आयोजना भएको स्रष्टा सम्मान पुरस्कार अर्पण एवं कृति विमोचन समारोह सम्पन्न भएको छ । सर्वोच्च अदालतका सम्माननीय पूर्व प्रधानन्यायाधीश श्रीमान् कल्याण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा भव्य समारोह बीच स्रष्टा सम्मान, पुरस्कार अर्पण एवम् पुस्तक विमोचन सम्पन्न भयो ।

दायित्व वाङ्मय विशिष्ट सम्मान २०७९ सायित्यकारद्वय विजय चालिसे र विजय सागरलाई प्रदान गरिएको छ । त्यसैगरी दायित्व वाङ्मय सम्मान २०७९ सायित्यकार शङ्कर शाह र युवराज मैनालीलाई प्रदान गरिएको छ ।

हरिकला गुणाकर दायित्व रचना पुरस्कार २०७८ रु ११ हजारसहित कवि अनुराधा ढकाललाई प्रदान गरियो भने दायित्व मुरलीदेवी गुरुदत्त काफ्ले स्मृति पुरस्कार २०७९ बाट समाजसेवी विनिता अर्याललाई रु १५ हजारसहित पुरस्कृत गरिएको छ ।

त्यसैगरी दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार २०७९ सायित्यकार सम्पदा मल्ललाई रु ११ हजारसहित प्रदान गरिएको छ । कार्यक्रममा रामप्रसाद पन्तले लेखेको नियात्रोपन्यास (मेची मेरो महाकाली मेरो) पुस्तक विमोचनसमेत गरिएको थियो ।

Comments are closed.