काठमाडौं–वि.सं. २०६२ सालमा स्थापित “दण्डपाणि -नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार” मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ।
यसमा पुरस्कृत प्रतिभालाई रू ५०,०००/- (अक्षरेपी पचास हजार रुपिया) राशी तथा अभिनन्दन पत्र प्रदान गरिने गरिन्छ ।
यो पुरस्कारबाट इतिहाकार ज्ञानमणि नेपाल , साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य , इतिहासकार दिनेशराज पन्त , साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा.डा .सुरेशराज शर्मा , राजनीतिक विश्लेषक प्रा डा. सुरेन्द्र केसी.लगायत डेढ दर्जनभन्दा बढी प्रतिभा सम्मानित भैसकेका छन् ।
स्मरणीय छ, गोरखामा वि.सं १९६३ मा जन्मनुभएका विद्वान् शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता हुनुहुन्थ्यो भने नन्दकुमारी उहाँकी धर्मपत्नी हुनुहुन्थ्यो ।
कोष संस्थापकमध्येबाट हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रका अध्यक्ष बरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको ब्यहोरा महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.