आगलागीमा परी एक जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १० मंसिर

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ पबित्रा बस्ती बस्ने ७० वर्षीया मनसरा देबी सुनारको घरमा शुक्रबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर सुनारको मृत्यु भएको छ ।

खोटाङ, रावाबेशी गाउँपालिका-३ तिर्पा डाडाँगाउँ बस्ने वीर बहादुर बिकको घरमा विद्युतको तार सर्ट भई शुक्रबार राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सरसामान जलेर करिब १५ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, ताप्ली गाउँपालिका-५ बिजुवा बस्ने नेत्र बहादुर कोईरालाको घरमा शनिबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको भाँडावर्तन, लत्ताकपडा लगायत बिभिन्न सर-सामानहरू गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

(समाप्त

Comments are closed.