जमुना देवी दासको करेन्ट लागेर मृत्यु  

 सिरहा, १९ भदौ

नरहा गाउँपालिका-१ देवीपुर बस्ने ३५ वर्षीया जमुना देवी दासको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.