काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट अहिलेको सरकारमा सहभागी मन्त्रीहरुलाई नैतिक आचरणमा रहेर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँगको छलफलको क्रममा सभापति देउवाले मन्त्रीहरुको कार्यसम्पादन पार्टीको भविष्यसँग जोडिएको विषय भएकोले काम गरेर देखाउन र जनताको मन जित्न सुझाव दिएका छन् ।
मन्त्रीहरुलाई सुशासनको सवालमा निर्मम भएर प्रस्तुत हुनपनि उनले निर्देशन दिएका थिए । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार देउवाले भ्रष्टाचार गरेको थाहा पाए कोहीपनि मन्त्रीहरुलाई बाँकी नराख्ने चेतावनी दिएका थिए । सो क्रममा उनले अबको एक महिनाभित्रै कार्यसम्पादन रिपोर्ट आफूलाई बुझाउन पनि भनेका छन् ।
देउवाले अहिलेको सत्ता–सहकार्यमा एमालेसँग कुनै मतभेद नभएको भन्दै त्यहीअनुसार प्रस्तुत हुनपनि मन्त्रीहरुलाई भनेका छन् । उनको भनाई उद्धृत गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले भने,‘सभापतिज्यूले अहिले सरकारमा मतभेद छैन भनेर भन्नुभएको छ । उहाँले हामीलाई प्रधानमन्त्रीले भनेको मान्ने र प्रधानमन्त्रीलाई सहयोग गर्न भन्नुभएको छ ।’
सभापति देउवाले अहिले आएका विभिन्न पाँच अध्यादेशआफ्नै सहमतिमा आएको पनि जिकिर गरेका छन् । उनले आफू र प्रधानमन्त्री ओलीबीच कुनै असहमति नभएकोपनि स्पष्ट पारेका थिए ।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.