काठमाडौँ- नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजनामा, चलचित्र विकास बोर्डको सहयोग र भिजुअल सोसाइटी अफ नेपालको सहआयोजनामा तालिम सञ्चालन भइरहेको हो।
म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी सर्टिफाइड स्टुडियो ‘सगरमाथा’ मा भइरहेको तालिममा नेपाली चलचित्र क्षेत्रमा कार्यरत २० जना साउन्ड मिक्सिङ प्राविधिक सहभागी छन्। तालिमका लागि भारतीय फिल्म उद्योगका चर्चित तथा डल्बी सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डी नेपाल आएका छन्।
यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा डल्बी एटमस स्टुडियोमध्ये एक तथा नेपालकै पहिलो हो। तालिमपछि माघ २ गते स्टुडियोको औपचारिक उद्घाटन हुने म्युजिक नेपालले जनाएको छ। यसले नेपाली चलचित्रको साउन्ड गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अपेक्षा गरिएको छ।







Discussion about this post