Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अमेरिकी दूतावासद्वारा ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ को तयारी पूरा

Editorial Team by Editorial Team
January 15, 2026
in Nepal, News
0
अमेरिकी दूतावासद्वारा ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ को तयारी पूरा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिँदैछ । यस वर्षको संस्करणले डिजिटल सामग्रीको सृजनामाथि केन्द्रित ध्यान दिगो पेसागत व्यवसायहरूतर्फ मोड्दै उक्त महत्त्वपूर्ण मञ्चमा उल्लेखनीय परिवर्तन गरेको छ । विभिन्न सहरमा गरिने यो कार्यक्रमको आयोजना चितवनमा माघ ३ गते, नेपालगन्जमा माघ १० गते र काठमाडौंमा दुई दिवसीय फिनालेका रूपमा माघ १६ र १७ गते हुनेछ ।
रचनात्मक झिल्कादेखि व्यावसायिक उद्यमसम्म, यसवर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ डिजिटल कथाकथन र व्यावसायिक उद्यमबिचको खाडल पुर्नेतर्फ लक्षित छ । प्रविधि, डिजिटल प्लेटफर्मबाट हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समाहित गर्दै यस मेलाले डिजिटल सामग्रीका सर्जक ‘क्रिएटर्स’ लाई आफ्नो प्रभावलाई दीर्घकालीन पेसाकर्मका रूपमा विकसित गर्न मार्गचित्र प्रदान गर्नेछ ।
‘क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता दर्साउँछ,’ नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने । ‘नेपालभर ज्ञान, सीप र सञ्जालहरूलाई बढवा दिँदै हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा पुर्‍याउँदै छौँ । हामी नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारहरूमाझको सफलताका लागि तयार पार्दै छौँ, जसले अझ गहन आर्थिक सम्बन्धहरू र साझा समृद्धिलाई प्रोत्साहित गर्नेछ ।’ प्रतिभा र विज्ञताको पावरहाउस स् मेलामा ५० भन्दा बढी क्रिएटर्स, औद्योगिक विशेषज्ञ र कलाकारहरूको विशिष्ट पङ्क्तिको उपस्थिति रहनेछ ।
सहभागीहरूले सज्जन राज वैद्य, प्रियङ्का कार्की, आयुष्मान् जोशी, टु बी गेमर, लेक्स लिम्बू, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा, सोनाम तोप्देन, श्रीशेष मानन्धर र नेपाल एट्थ वन्डर लगायत अन्य थुप्रै प्रभावशाली आवाजहरूका यात्राबाट सिक्ने र प्रस्तुतिको अनुभव लिने अद्वितीय अवसर पाउनेछन् । अन्तरक्रियात्मक कार्यशाला र प्यानल छलफलहरूमार्फत यी अग्रणी व्यक्तित्वहरूले आफ्नो डिजिटल उपस्थितिलाई देशव्यापी प्रभावमा परिणत गरेका रणनीतिहरूबारे पनि बताउनेछन् ।
तत्क्षण मार्गदर्शन स् काठमाडौँमा हुने कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ हुनेछ जसको केन्द्रमा उद्यमीहरूको आगामी पुस्ता रहनेछ । छनोटमा परेका क्रिएटर्सले आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) लगायतका नेपालका शीर्ष कर्पोरेट नेतृत्वकर्ताहरूको प्यानलसमक्ष आफ्ना व्यावसायिक उद्यमबारे प्रत्यक्ष रूपमा बताउनेछन् र तत्क्षण प्रतिक्रिया तथा उच्चस्तरीय मार्गदर्शन प्राप्त गर्नेछन् ।
बढ्दो विरासत स् सन् २०२३ मा सुरुवात भएदेखि नै क्रिएटर्स मेला नेपालको डिजिटल परिदृश्यको मुख्य केन्द्रका रूपमा रहेको छ । हाल मेलाको चौथो संस्करण २०२६ को ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रको व्यावसायिकीकरण गर्न र नेपालभर आर्थिक वृद्धिलाई टेवा पुर्‍याउनप्रति अमेरिकी दूतावासको समर्पणको पुनर्पुष्टि गर्दछ ।
अग्रिम दर्तासहित सहभागिता निःशुल्क छ ।

Advertisement Banner
Previous Post

नेपालमै पहिलोपटक डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु

Next Post

निर्वाचन आयोग गयो गगन थापा नेतृत्वको कांग्रेस

Editorial Team

Editorial Team

Next Post
निर्वाचन आयोग गयो गगन थापा नेतृत्वको कांग्रेस

निर्वाचन आयोग गयो गगन थापा नेतृत्वको कांग्रेस

Recommended

Day 1 at the Jaipur Literature Festival 2026, presented by Vedanta, packs in discourse that sparks reflection and inspires change

Day 1 at the Jaipur Literature Festival 2026, presented by Vedanta, packs in discourse that sparks reflection and inspires change

8 months ago
Russia-Ukraine conflict pushed more than 100 million people forcibly displaced around the world: UN

Russia-Ukraine conflict pushed more than 100 million people forcibly displaced around the world: UN

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.