Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा

Editorial Team by Editorial Team
March 17, 2026
in Nepal, News
0
संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन्।
‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने, म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु- म संसदीय राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन । राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन ।
२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कतैबाट नलड्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि निर्वाचनमा भाग लिएको उनले बताए। सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको उनको दाबी छ।
त्यस्तै २०८२ को निर्वाचन नलड्ने निर्णय पहिल्यै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेताहरू र कार्यकर्ताको मनोबल नघटोस भनेर फेरि उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्। परिणाम आएपछि पनि साथीहरूको सल्लाह मानेर चुनाव लडेको निर्णय सही भएको महसुस भएको उनले बताएका छन्।
राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर राजनीतिबाट भने अलग नहुने स्पष्ट पारेका छन्। उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै उनले आगामी स्थानीय तह र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउने र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन्।

Advertisement Banner
Previous Post

पश्चिम एसिया युद्ध : घाइते हुने नेपालीको संख्या १७ पुग्यो

Next Post

ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु

ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु

Discussion about this post

Recommended

ADB President Pledges Comprehensive Program to Support Philippines as ASEAN 2026 Chair

ADB President Pledges Comprehensive Program to Support Philippines as ASEAN 2026 Chair

3 months ago
Vietjet launches maiden flights to Fukuoka and Nagoya from Hanoi

Vietjet launches maiden flights to Fukuoka and Nagoya from Hanoi

4 years ago

Don't Miss

कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

March 17, 2026
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

March 17, 2026
बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द

बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द

March 17, 2026
पशुपति घिमिरेको नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ लोकार्पण

पशुपति घिमिरेको नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ लोकार्पण

March 17, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.