बाध्यताको सिलौटोमा
कर्तव्यले पिस्दा
धन्य लाग्छ जीवन
परिश्रमको फलमा
सिर्जनाले रम्न पाउँदा
सपनीमा तिमी आई
कुरा गर्दा
जिवीत नै छौ जस्तो लाग्छ
सम्झनाको यौटै डोरी
बाँच्ने आधार जस्तो लाग्छ
धन्य लाग्छ जीवन
रोइ रोइ हाँस्नु पर्दा
रहरहरु थाती राखी
कर्तव्य पुरा गर्नु पर्दा
थाकेका पाइलालाई
प्रेरणाले दवाइ गर्दा
धन्य लाग्छ जीवन
अत्याचारका सीमा
आत्मबलले पार गर्दा
टेक्नु न समाउनुको मध्यमा
सङघर्षशील जीवन उभिँदा
एक्लो एक्लो परिवेशमा
शून्यताले जिस्क्याउँदा
काँडा बीचमा फूलेको
त्यो गुलाँफलाई सम्झँदा
धन्य लाग्छ जीवन
साथीसंग
मनका भाव साट्न पाउँदा
आफैँसंग ढाँटन पाउँदा
धन्यलाग्छ जीवन
कविता भै कोर्न पाउँदा ।
दुर्गा भट्टराई, आचार्य
काठमाडौँ
Comments are closed.