Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत

Editorial Team by Editorial Team
December 17, 2025
in Awards, Literature, Nepal, News
0
दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत गरिएको छ। दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानका सचिव प्रह्लाद पोख्रेलको सञ्चालन, प्रा.डा.केदार न्यौपानेको अध्यक्षता र नेपाली शिक्षा परिषद्का अध्यक्ष प्रा.रमा शर्मा प्रमुख आमन्त्रित व्यक्तित्व रहनुभएको सभालाई प्रतिष्ठानका उपाध्यक्ष तथा षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा.लालानाथ सुवेदीले स्वागत गर्नुभएको थियो ।
‎काठमाडौ, २०८२ मङ्सिर २९ । कवि दैवज्ञराज न्यौपानेको चौधौ स्मृति दिवसका अवसरमा बानेश्वर क्याम्पसको सभाकक्षमा दैवज्ञराज न्यौपाने स्मृतिसभा सम्पन्न भयो ।
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानका सचिव प्रह्लाद पोख्रेलको सञ्चालन, प्रा.डा.केदार न्यौपानेको अध्यक्षता र नेपाली शिक्षा परिषद्का अध्यक्ष प्रा.रमा शर्मा प्रमुख आमन्त्रित व्यक्तित्व रहनुभएको सभालाई प्रा.लालानाथ सुवेदीले स्वागत गर्नुभएको थियो ।
राष्ट्रगानपछि बाल साहित्यस्रष्टा प्रभा आचार्य भट्टराईले कवि दैवज्ञराज न्यौपानेको “स्युर लालीगुराँस” कविता वाचन गर्नुभयो ।
प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान र पुरस्कृत व्यक्तिहरूको परिचयका साथै प्रदान गरिने सम्मान/ पुरस्कारको जानकारी दिनुभयो । जसअनुसार –
‎छन्दसारथि रमेश खकुरेल, काठमाडौं- दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, ‎नारायणप्रसाद उपाध्याय अर्याल, पर्वत-दैवज्ञ साहित्य पुरस्कार । कल्पना प्रधान,काठमाडौं- दैवज्ञ बाल साहित्य पुरस्कार, ‎दैवज्ञ समाजसेवा पुरस्कार- संस्कृत विद्या सम्वर्द्धिनी समिति,धरानको परिचय दिनुभयो ।
उहाँहरूलाई उक्त सम्मान/ पुरस्कारहरू समर्पण गरियो । संस्थागत पुरस्कार भने संस्कृत सम्वर्द्धिनी समितिका प्रतिनिधि ई.पुष्कर अधिकारीलाई हस्तान्तरण गरियो ।
‎सम्मानित व्यक्तित्वहरूको मन्तव्यको क्रममा कल्पना प्रधान केही अस्वस्थ हुनुभएकोले उहाँको मन्तव्य उहाँका सुपुत्र पत्रकार प्रतीक प्रधानले वाचन गरेर सुनाउनुभयो ।
प्राध्यापक डा. शिवकुमार राईले आफ्नो मन्तव्यका साथै दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको अक्षयकोषका लागि आफ्नी स्व. धर्मपत्नी मुन्नुकला राईको स्मृतिमा रू ५० हजार रासीको अक्षयकोषका लागि प्रतिष्ठानका अध्यक्ष प्रा डा केदार न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।
दैवज्ञराज न्यौपानेको मन्दाक्रान्ता छन्दमा रचित “प्रियालाई सन्देश” को अति सुन्दर वाचन दिव्यलक्ष्मी पोख्रेलबाट सम्पन्न भएपछि ई. पुष्कर अधिकारीले संस्कृत विद्या सम्वर्द्धिनी समितिका अध्यक्ष सुपरिचित विद्वान् प्रा.पुरुषोत्तम भट्टराईको धन्यवाद मन्तव्य पढेर सुनाउनुभयो ।
नारायणप्रसाद उपाध्याय अर्यालले आफ्नो धन्यवाद मन्तव्यका साथ “गन्ध” कविता स्रग्धरामा सुनाउनुभयो । रमेश खकुरेलले आफूलाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मानका लागि योग्य ठहराएकामा प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिंदै आफ्नो २०१६ सालमा प्रथम पुरस्कृत कविता सुनाउनुभयो ।
प्रमुख आमन्त्रित व्यक्तित्व नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले दैवज्ञराजसँग अध्यापकीय समयमा सरसल्लाह र सहकार्य भएका कुरा स्मरण गर्दै सबै सम्मानितहरूमा हार्दिक बधाइ अर्पण गर्नुभयो ।
दैवज्ञराज न्यौपानेका जेष्ठ पुत्र ई.भूषणराज न्यौपानेले कार्यक्रमको समीक्ष्यात्मक टिप्पणी गर्दै कार्यक्रम हुंदै गर्दा आफ्नो ध्वनि रेकर्ड गराई सभामा सुनाउन अनुरोध गरे बमोजिम सभामा धन्यवाद सहितको ध्वनी श्रवण गराइएको थियो ।
सभाध्यक्ष केदार न्यौपानेले सम्मानित/पुरस्कृत सबैमा र अक्षयकोषदाता डा. शिवकुमार राई र मुकुन्दराज पथिक लगायत सम्मानित एवं पुरस्कृतहरूको निस्पक्ष छनौटको बारेमा उल्लेख गरी हालसम्म सम्मानित स्रष्टा एवं संस्थाको उत्कृष्टताको बारेमा प्रष्ट पार्दै सहभागी सबैलाई हार्दिक धन्यवाद दिंदै सभा समापन गर्नुभयो ।
सभामा पूर्व मन्त्री एवं बरिष्ट राजनीतिज्ञ बिपिन कोइराला सुधा न्यौपाने, राजेन्द्र विरही, खोलाघरे साहिंलो , डा. बमबहादुर थापा जिताली, एन् के गोगने, निर्मोही व्यास बानेश्वर बहुमुखी क्याम्पसका प्रमुख डा घमान सिं. खड्का लगायत धेरै स्रष्टाहरू र न्यौपाने बन्धुहरू र उनका नाता गोता लगायत स्थानीय साहित्य सेवी पत्रकार विद्यार्थी प्रतिनिधि लगायत उल्लेख्य उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा आउने

Next Post

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण

Editorial Team

Editorial Team

Next Post

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण

Recommended

UAE & World Economic Forum agree to host annual meetings of GFCs in Dubai, boosting their strategic knowledge partnership

UAE & World Economic Forum agree to host annual meetings of GFCs in Dubai, boosting their strategic knowledge partnership

8 months ago
Britain recorded hottest day ever with temperatures hitting 40.2 degrees Celsius

Britain recorded hottest day ever with temperatures hitting 40.2 degrees Celsius

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.