Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

Editorial Team by Editorial Team
January 26, 2026
in Feature, Government, Nepal, News
0
निर्वाचन आचारसंहिता, २०८२ लागू
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं--निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन्।
सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा भ्रामक समाचार फैलाउनबाट जोगिन सुझाव दिएका हुन्।
उनले नागरिकलाई यतिबेला अत्यन्त सत्यतथ्य समाचार सामग्रीको खाँचो हुने हुँदा खास गरी सञ्चार माध्यममले आचारसंहिताको पालना गर्ने र गराउने भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले भने, ‘सञ्चार माध्यमले सकेसम्म निर्वाचनका समाचार लेख्दा आधिकारिक स्रोतमा मात्रै आधार बनाउन अनुरोध गर्छु।’
डिटिल प्लेटर्फम कृत्रिम बुद्धिमता (एआई) जस्ता एप्स प्रयोग गरेर यतिबेला सामाजिक सञ्जालमा कसैको छविमा आँच आउने खालका श्रव्यदृश्य सामग्री देखिएकाले यसलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले मेटा, टिकटकलगायत सामाजिक सञ्जालसँग सम्झौता गर्न लागेको जानकारी दिए।
कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनको आचारसंहिता पालना गर्ने र गराउनका लागि निगरानी गर्ने दायित्व सञ्चार माध्यमको हुने बताए । उनले खास गरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस) लगायतका सरकारी सञ्चार माध्यमले नागरिक समक्ष सत्य र आधिकारिक समाचार सम्प्रेषणमा बढी जिम्मेवार हुनुपर्ने बताए।
उनले राससले सञ्चार गृहअन्तर्गत आन्तरिक रुपमा निर्वाचन आचारसंहिता बनाएकामा प्रशंसा गर्दै अन्य सञ्चार गृहले यस्तो अभ्यास सुरु गर्नुपर्ने बताए।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिने र निर्वाचन सफल पार्न सघाउ पुर्‍याउन सञ्चारमाध्यमले अहम् भूमिका खेल्नुपर्ने बताए।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चारमाध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकारको आचारसंहिता ध्यानमा राखेर पत्रकारिता गर्न सुझाव दिए। उनले सञ्चारकर्मी आफैँबाटै आचारसंहिता पालना भएको छ कि छैन भनी जाँच गर्नुपर्ने धारणा राखे।
कुनै पनि पार्टीका उम्मेदवार वा विचार धाराका कुरा सामाजिक सञ्जालमा राख्ने जस्ता गतिविधि नगरी निष्पक्ष ढङ्गले पत्रकारिताको धर्म निभाउनुपर्ने उनले बताए। टेलिभिजनले देशभरका आफ्नो समाचारदातालाई भिडियो कलमार्फत निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण तालिम दिएको छ ।

Advertisement Banner
Previous Post

सर्लाहीमा थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

Next Post

Four hydropower projects permitted to use national forests

Editorial Team

Editorial Team

Next Post
Four hydropower projects permitted to use national forests

Four hydropower projects permitted to use national forests

Recommended

Microsoft to expand cloud region in Johor Bahru, empowering Southeast Asia’s AI Transformation

Microsoft to expand cloud region in Johor Bahru, empowering Southeast Asia’s AI Transformation

8 months ago
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड

मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड

8 months ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.