Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

सर्लाहीमा थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

Editorial Team by Editorial Team
January 26, 2026
in Feature, Nepal, News
0
सर्लाहीमा थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं- भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन्।
सोमबार बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका उनलाई स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो। सर्लाही–४ बाट मनोनयन दर्ता गराएका उनी केही दिन कार्यकर्ता भेटघाट र चुनावी अभियान संचालन गर्नेछन्।
कांग्रेस सभापति बनेपछि गगनले कांग्रेसको बदलेको र अब देश बदल्ने घोषणा गरेका छन्। पार्टीले थापालाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने निर्णय गरेको छ। सर्लाही जानुअघि थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको प्रतिक्रिया दिएका छन्। एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘म मधेश जाँदै छु, किनकी म देश जोड्न चाहन्छु।’
यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका उनले आफू एक क्षेत्रको मात्रै नभएर सिंगो नेपालको हुन्छ भन्ने विश्वास रहेको उनले बताए। यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट ३ पटक चुनाव जितेका नेता थापाले सो क्षेत्रलाई पनि मनमुटुमा राख्ने बताएका छन्।
सभापति थापाको स्वागतका लागि बारा, रौतहट , पर्सा र सर्लाही लगायत मधेसका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरू बिहानैदेखि सिमरा विमानस्थल पुगेका थिए। विमानस्थल ओर्लने क्रममा थापालाई फूलमाला, अबिर र नाराबाजीसहित स्वागत गरिएको थियो। कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिले मधेस प्रदेशमा कांग्रेसको बढ्दो प्रभाव र थापाप्रतिको आकर्षणलाई प्रष्ट पारेको देखिन्थ्यो।
सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरे पनि कार्यव्यस्तताका कारण उनी मनोनयनका दिन उपस्थित हुन सकेका थिएनन्। वारेसमार्फत मनोनयन दर्ता गराएका थापा आज पहिलोपटक प्रत्यक्ष रूपमा आफ्नो निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्तासँग भेटघाट गर्न त्यसतर्फ प्रस्थान गरेका हुन्।
सिमराबाट उनी सडकमार्ग हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसको नेतृत्व सम्हालेपछि थापाले मधेस केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेको पाइन्छ।

Advertisement Banner
Previous Post

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट

Next Post

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

Editorial Team

Editorial Team

Next Post
निर्वाचन आचारसंहिता, २०८२ लागू

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

Recommended

Finance Minister Wagle assumes office with reform mandate

Finance Minister Wagle assumes office with reform mandate

8 months ago
WFP to prioritize feeding 110 million of the hungriest in 2026 as global hunger deepens amidst uncertain funding

WFP to prioritize feeding 110 million of the hungriest in 2026 as global hunger deepens amidst uncertain funding

1 year ago

Don't Miss

Poetry by Reema Hamza of Syria

Poetry by Reema Hamza of Syria

November 25, 2026
Two Poems by Binay Laha

Two poems by Dr Binay Laha

November 25, 2026
Poetry by Thi Lan Anh Tran

Poetry by Thi Lan Anh Tran

November 22, 2026
Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.