Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

चुनाव लक्षित नक्कली नोट गिरोह भारतमा पक्राउ , करोडौं मूल्यबराबर नेपाली–भारतीय नोट बरामद

Editorial Team by Editorial Team
February 9, 2026
in Nepal, News
0
चुनाव लक्षित नक्कली नोट गिरोह भारतमा पक्राउ , करोडौं मूल्यबराबर नेपाली–भारतीय नोट बरामद
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं —आगामी प्रतिनिधिसभा निर्वाचनको अवसरमा नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने योजनामा रहेको अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ। भारतीय सुरक्षा निकाय र एसटीएफ (क्उभअष्ब ित्बकप ँयचअभ) को संयुक्त छापामारीमा १० जना पक्राउ परेका छन्, जसमा तीन जना नेपाली र सात जना भारतीय नागरिक रहेका छन्। यो घटना केवल आर्थिक अपराध मात्रै नभई राष्ट्रिय सुरक्षा, लोकतन्त्र र आर्थिक स्थायित्वमाथि प्रत्यक्ष खतरा भएको देखिन्छ।
भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, मेजरगञ्ज क्षेत्र बाट प्रहरीले छापा मारेर गिरोहका सदस्यहरूलाई पक्राउ गरेको हो। अनुसन्धानकर्ताहरूका अनुसार, पक्राउ परेकाहरू नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै रक्सौल–बिरगञ्ज आसपास केन्द्रित नक्कली नोटको कारोबार गर्दै आएका थिए।प्रहरीले उनीहरूको अत्याधुनिक नक्कली नोट छाप्ने कारखाना फेला पारेको छ। यो कारखाना सामान्य नकली मुद्रा उत्पादक भन्दा धेरै परिष्कृत, उच्च प्रविधियुक्त र योजनाबद्ध रहेको थियो। प्रहरीले उक्त कारखाना पूर्ण रूपमा ध्वस्त गरेको छ।
बरामद सामग्रीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट , १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ , हाई–टेक नोट प्रिन्टिङ मेसिन , नोट छाप्न प्रयोग हुने कागज, रसायन, इन्क र अन्य सामग्री , तीन वटा मोटरसाइकल र एउटा कार समेत समावेश रहेको छ। भारतीय प्रहरीका अनुसार, बरामद नक्कली नेपाली नोटहरू यस्तो स्तरका छन् कि साधारण व्यक्तिले छुट्याउन कठिन छ।
चुनाव लक्षित षड्यन्त्र र कालो धनको प्रयोग
विशेष सुरक्षा विश्लेषकहरूका अनुसार, आगामी प्रतिनिधिसभा निर्वाचनमा नक्कली नोटको प्रयोग गरेर मत खरिद , गैरकानुनी खर्च , चुनावी अस्थिरता सिर्जना , राजनीतिक दल वा उम्मेदवारलाई बदनाम गर्ने जस्ता गतिविधि हुने सम्भावना उच्च छ। यसले स्पष्ट पार्छ कि यो गिरोह केवल आर्थिक लाभका लागि नभई राजनीतिक र सामाजिक अराजकता फैलाउने उद्देश्य लिएर सक्रिय रहेको छ।
नेपाल–भारत सीमा ऐतिहासिक रूपमा खुला छ, जसले सीमा पार गर्न सहजता प्रदान गरेको छ। तर, यो सुविधा तस्करी, मानव बेचबिखन, लागुऔषध र नक्कली मुद्रा जस्ता अपराधमा समेत प्रयोग भइरहेको छ। सुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन् कि खुला सीमाको निगरानी अझै कमजोर छ र यसले अन्तर्राष्ट्रिय अपराध समूहलाई सजिलो पहुँच दिएको छ।नेपालमा नक्कली नोट भित्र्याउने योजना यदि समयमै पत्ता नलागेको भए, ठूलो मात्रामा मुद्रा प्रणालीमा असर पार्ने थियो। यसले बैंकिङ प्रणाली, वित्तीय स्थायित्व र नागरिकको विश्वासमा प्रत्यक्ष प्रभाव पार्न सक्थ्यो।
कानुनी व्यवस्था र सजाय
नेपालको मुलुकी फौजदारी संहिता, २०७४ अनुसार नक्कली मुद्रा बनाउने, प्रयोग गर्ने वा कारोबार गर्ने कार्य गम्भीर अपराध मानिन्छ। दोषी ठहरिएमा १० वर्षसम्म कैद र ठूलो जरिवाना हुन सक्छ।संगठित अपराध ठहरिएमा थप कडा सजाय हुन सक्ने कानुनी प्रावधान छ।साथै, संगठित अपराध निवारण ऐन, २०७० र सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत पनि दोषीलाई कारबाही गर्न सकिन्छ। भारतीय कानुन अनुसार पनि यस्तो अपराधमा कडा सजाय र आर्थिक जरिवाना हुन सक्छ।सुरक्षा निकायहरूले चेतावनी दिएका छन् कि यो गिरोह राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथि गम्भीर खतरा रहेको कारण दोषीलाई कुनै हालतमा छोडिने छैन।
गिरोहको नेटवर्क र खोजी जारी
पक्राउ परेकाहरूका साथै, अनुसन्धान टोलीले गिरोहका अन्य सदस्य, मुख्य योजनाकार र नेपालभित्रको सम्पर्क सूत्र पत्ता लगाउने प्रयास तीव्र बनाएको छ। प्रारम्भिक अनुसन्धानले देखाएको छ कि यो गिरोह सिर्जित, संरचित र अन्तर्राष्ट्रिय स्तरको छ।विशेषज्ञहरूले भनेका छन् कि केवल पक्राउ र मामूली सजाय पर्याप्त छैन। यसमा सम्पूर्ण सञ्जालको नक्साङ्कन , आर्थिक लेनदेनको डिजिटल ट्रेल , सीमा पार समन्वय , नेपालभित्र सहयोग गर्ने व्यक्तिको पहिचान र कारबाही आवश्यक छ ।यदि यस्ता गिरोहलाई समयमै नियन्त्रण नगरियो भने आर्थिक प्रणाली, बैंकिङ विश्वास र लोकतान्त्रिक प्रक्रिया नै संकटमा पर्न सक्छ।
सार्वजनिक चेतावनीका रूपमा, बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सुरक्षा प्रणाली कडा गर्न र नक्कली नोट पहिचानमा दक्षता बढाउन निर्देशन पाएका छन्। विशेषज्ञहरूले चेतावनी दिएका छन् कि नक्कली नोटका कारण मुद्राको अवमूल्यन , बजारमा अविश्वास , सामान र सेवा खरिदमा अनियमितता , जस्ता असर पर्न सक्छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा पक्राउ परेको अन्तर्राष्ट्रिय नक्कली नोट गिरोहले सिर्जित आर्थिक अपराध, चुनावी षड्यन्त्र र सीमा सुरक्षा कमजोरीले राष्ट्र र लोकतन्त्रमाथि प्रत्यक्ष खतरा निम्त्याउँछ।अब प्रश्न उठ्छ के राज्य संयन्त्र समयमै सचेत हुन्छ? के दोषीमाथि साँच्चिकै कडा कारबाही हुनेछ?कि फेरि केही समयपछि यो घटना पनि बिर्सिने समाचारमा सीमित रहन्छ?आगामी दिनमा सरकार, सुरक्षा निकाय र न्याय प्रणालीले चाल्ने कदमले दिनेछ। यो घटना स्पष्ट सन्देश हो कि नक्कली नोटको खेल रोक्न अब ढिला गर्नु स्वीकार्य छैन।

Advertisement Banner
Previous Post

Nepal Medical Association warns of lead contamination in toothpaste

Next Post

चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम

Editorial Team

Editorial Team

Next Post
चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम

चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम

Recommended

India’s Cumulative COVID-19 Vaccination Coverage exceeds 175.37 Cr

India’s Cumulative COVID-19 Vaccination Coverage exceeds 175.37 Cr

4 years ago
पर्यटक लोभ्याउँदै छ अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले

पर्यटक लोभ्याउँदै छ अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले

4 months ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.