Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

मुक्तकसङ्ग्रह ‘भेडापन्थी’ र ‘सम्बोधन’ विमोचन

Editorial Team by Editorial Team
May 31, 2022
in Book Releases, Nepal
0
मुक्तकसङ्ग्रह ‘भेडापन्थी’ र ‘सम्बोधन’ विमोचन
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

जेठ १५, पोखरा, सुन्दर शहर पोखराको न्युरोडमा स्थित हिमालय रिडर्स कर्नरको सभाहलमा एक बृहत् कार्यक्रमको आयोजना गरी दुई कृतिहरूको लोकार्पण गरिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आफ्नो प्रत्येक कार्यकालमा घरदेशमा पनि एउटा कार्यक्रम गर्ने नीति रहेको छ । त्यसै अनुरूप सो कार्यक्रम सम्पन्न गरिएको हो ।उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाका अध्यक्ष आर एन अधिकारीको मुक्तकसङ्ग्रह ‘भेडापन्थी’ र संस्थाकै पूर्व सहसचिव डीआर न्यौपाने ‘सूर्य’को ‘सम्बोधन’ मुक्तकसङ्ग्रहको लोकार्पण तथा बृहत् मुक्तक वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रमुख अतिथि प्राज्ञ ÷साहित्यकार सरुभक्त श्रेष्ठ र विशेष अतिथिका रूपमा नेपाल मुक्तक प्रतिष्ठान काठमाडौंँका अध्यक्ष रामकाजी कोने, वरिष्ठ लोकगायिका÷ साहित्यकार हरिदेवी कोइराला र साहित्यकार महेन्द्रमान शाक्यको उपस्थितिमा संस्थाका कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक ह्यारी वोण्डको सभापतित्वमा सप्पन्न भएको थियो ।

देशका विभिन्न ठाउँहरूबाट विशेष वाचकको रूपमा आएका मुक्तककारहरू रामचन्द्र शर्मा, भोजराज घोडासैनी, सरला लामिछाने सरु, अनिता दाहाल र कल्याण सापकोटाले आफ्ना मुक्तक सुनाएर कार्यक्रमलाई मुक्तकमय बनाएका थिए । कार्यक्रममा करिब ५० जना स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए भने करिब १०० जना स्रष्टाहरूको प्रत्यक्ष उपस्थित थियो ।
कार्यक्रमका प्रमुख अतिथि सरूभक्त श्रेष्ठले नेपाल मुक्तक प्रतिष्ठान कोरिया नेपाली मुक्तकको विकासमा दरिलो खम्बा भएको उल्लेख गर्दै मुक्तकको विकासमा युवाहरूले देखाएको योगदानको खुलेर प्रशंसा गरे । मुक्तक आफैँमा सानो आकारको विधा भएर पनि अन्य विधा जत्तिकै ल्याकत राख्ने विधा भएको कुरा विशेष अतिथि रामकाजी कोनेले बताएका थिए । साथै विमोचित कृति र कृतिकारलाई बधाई दिएका थिए । हरिदेवी कोइरालाले परदेशमा रहेर पनि नेपाली मुक्तकको विकास र विस्तारमा निकै ठुलो योगदान गरिरहेको मुक्तक प्रतिष्ठान कोरियाको प्रसंशा गर्दै यी दुई कृतिले नेपाली मुक्तकको क्षेत्रमा ठुलो हलचल पैदा गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।
संस्थाका कोषाध्यक्ष आर पी सी संगमद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो भने दिपक राज बन्जाडेले स्वागत मन्तव्य दिएका थिए ।।

 

 

Advertisement Banner
Previous Post

$400 Million ADB Loan to Support Expansion of Philippine Capital Markets

Next Post

कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

Editorial Team

Editorial Team

Next Post
कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

Recommended

Vivek Oberoi : ‘NRIs Send Back $136 Billion — Half Our Dollar Reserves Come From Them

Vivek Oberoi : ‘NRIs Send Back $136 Billion — Half Our Dollar Reserves Come From Them

10 months ago
India & US issue joint statement announcing framework for an Interim Trade Agreement

India & US issue joint statement announcing framework for an Interim Trade Agreement

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.