राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा १ लाखको पुरस्कार स्थापना

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा १ लाख रकमको पुरस्कारको स्थापना गरिएको छ । सो प्रयोजनका लागि राष्ट्रकवि संरक्षक रहेको मर्स्याङ्दी वाङमय प्रतिष्ठानको नाममा उहाँकी धर्मपत्नी श्रीमती महाकाली घिमिरे तथा पुत्र द्वय इन्दिवर घिमिरे तथा राजीव घिमिरेले रु.१६ लाख अक्षयकोषमा राखेका छन् । सो कोषबाट प्राप्त हुन आउने ब्याजबाट प्रतिवर्ष एक लाखको दरले नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने श्रष्टा र साधकलाई पुरस्कार एवम् सम्मान अर्पण गर्ने गरी प्रतिष्ठानको तर्फबाट अध्यक्ष श्री विजयराज न्यौपाने र राष्ट्रकविको परिवारको तर्फबाट उनकी धर्मपत्नी श्रीमती महाकाली घिमिरेद्वारा समझदारीपत्रमा हस्ताक्षर गरी पुरस्कार स्थापना गर्ने घोषणा गरिएको हो ।

पुरस्कार राष्ट्रकविको जन्मदिनको अवसरमा हरेक वर्ष आश्विन ७ गते अर्पण गरिनेछ । पुरस्कारको ब्यवस्थापन मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले गर्नेछ ।

Comments are closed.