Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

इम्बोस्ड नम्बर प्लेट’ सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथिको घात हो : भीम रावल

Editorial Team by Editorial Team
December 5, 2025
in Nepal, News, Politics
0
इम्बोस्ड नम्बर प्लेट’ सम्झौताको म्याद थप्नु राष्ट्र र जनतामाथिको घात हो : भीम रावल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विदेशी कम्पनीसँगको सम्झौता पुनः नवीकरण गर्ने तयारीप्रति कडा आपत्ति जनाएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सम्झौताले राष्ट्रियता, गोपनीयता र जनहित सबैमा आघात पुर्‍याउँछ भन्दै अन्तरिम सरकारलाई गम्भीर चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका–बंगलादेश संयुक्त कम्पनी ‘डेकाटोर’सँगको म्याद सकिएको सम्झौतामा फेरि म्याद थप्ने तयारी भएको समाचारप्रति रावलले गम्भीर ध्यानाकर्षण भएको बताए।
रावलले भने, ‘म्याद सकिँदा फेरि सम्झौता थप्ने निर्णय गरियो भने त्यो नेपालको राष्ट्रियता र नेपाली जनतामाथिको घात हुनेछ।’
रावलका अनुसार इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने सूचना प्रणाली र उपकरणमार्फत नेपालीहरुको व्यक्तिगत डेटा विदेशी कम्पनीले नियन्त्रण गर्ने सम्भावना रहन्छ, जुन राष्ट्रिय सुरक्षाका दृष्टिले समेत जोखिमपूर्ण छ।
नेपाली भाषा र देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बनाएको संविधान विपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर प्रयोग गरिएको प्रति रावलले कडा आपत्ति जनाए।
रावलले इम्बोस्ड नम्बर प्लेटलाई ‘महँगो र अन्यायपूर्ण शुल्क असुली गर्ने संयन्त्र’ को रूपमा चित्रित गर्दै जनतालाई आर्थिक रूपमा ठगिएको आरोप लगाए।
विगतमा समेत यो सम्झौता संसद, सडक र सरोकारवाला सबैतर्फबाट व्यापक विरोध झेलेको रावलले स्मरण गराए। जनविरोधी, असंवैधानिक र राष्ट्रिय हितविपरीतका निर्णयलाई निरन्तरता दिनु स्वीकार्य हुन नसक्ने उनले बताए ।
सम्झौता नवीकरणको सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै डा. रावलले अन्तरिम सरकारलाई यो प्रक्रिया रोक्न आग्रह गर्दै भने— ‘जनताको आवाज, राष्ट्रिय हित र गोपनीयताको सुरक्षा नै पहिलो प्राथमिकता हुनुपर्छ।’

Advertisement Banner
Previous Post

ADB President Joins King Charles III at Roundtable on Private Capital Mobilization for Sustainable Development

Next Post

ADB Supports Disaster-Resilient Road Development in Indonesia’s Southern Java

Editorial Team

Editorial Team

Next Post
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Supports Disaster-Resilient Road Development in Indonesia’s Southern Java

Recommended

Australia to provide USD 50 million to support Sri Lanka

Australia to provide USD 50 million to support Sri Lanka

4 years ago
Foreign Secretary Bharat Paudyal visited former Foreign Secretary Bishwa Pradhan, and honoured him

Foreign Secretary Bharat Paudyal visited former Foreign Secretary Bishwa Pradhan, and honoured him

4 years ago

Don't Miss

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

April 12, 2026
प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.