काठमाडौं – नेपाल पत्रकार महासंघले धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकसमक्ष माग गरेको छ ।महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री लेखकलाई आज मन्त्रालयमा भेटेर यस्तो माग गरेको हो ।
प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरिन् ।पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्नेविरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दुष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख छ ।सो प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ ।महासंघको पत्रमा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।
Trending Now
- साहित्य महोत्सव तथा काब्यगोष्ठी सम्पन्न
- सुरभि साहित्य प्रतिष्ठान’बाट विशिष्ट व्यक्तित्व पुरस्कृत
- राजबल्लभको कवितासङ्ग्रह ‘औरा’ सार्वजनिक
- नन्द हाङ्खिम र खगेन्द्र गिरी कोपिला मुक्तक पुरस्कारबाट पुरस्कृत
- पाथीभरामा केबलकार निर्माणको विरोधमा पाँच दिनदेखि जारी यातायात बन्द
- भारतमा नेपाली चढेको स्कार्पियो दुर्घटना: पाँच जनाको मृत्यु, ४ गम्भीर घाइते
- South Asian conference in collaboration with IAGES and SSN started in Kathmandu
- Another plane crash in the US, 7 dead
- पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’
- मन्तव्य दिएर ओर्लिएका कावासोती नगरपालिकाका वडाध्यक्षको हृदयाघातबाट मृत्यु
Comments are closed.