Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

himalaya Diary News Service by himalaya Diary News Service
April 27, 2022
in Entertainment, Feature, Nepal
0
अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

 

 

काठमाडौं। नेपाली चलचित्र क्षेत्रको गरिमामय २०७७ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मा तथा २०७८ सालको हरितारा चलचित्र पुरस्कार वरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कार गुठीको निर्णय बमोजिम अभिनेत्री शर्मा तथा पत्रकार गिरीलाई हरितारा चलचित्र पुरस्कार प्रदान गर्ने भएको हो।

विसं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी)ले आफु र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार नेपाली चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो।

विसं.२०७७ सालको पुरस्कार चार दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पुर्याउन महत्वपुर्ण योगदान दिदैआएकी अभिनेत्री मिथिला शर्मालाई हरितारा चलचित्र पुरस्कार २०७७ अर्पण गर्न लागिएको गुठीले जनाएको छ।

त्यस्तै, २०७८ सालको हरितारा चलचित्र पुरस्कार तीन दशक भन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला–संस्कृति, चलचित्र क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा पुर्याउन योगदान दिएवापत पत्रकार बिदुर गिरीलाई प्रदान गर्न लागिएको पनि जनाएको छ। पुरस्कारको थैली जनही नगद पच्चिस–पच्चिस हजार रहेको छ।

यसैगरी बैशाख ९ गते बसेको परिवर्तन नेपालको बैठकले विसं. २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज के।सी।लाई अर्पण गर्ने निर्णय गरेको छ। श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश–दश हजार रहेको छ।

परिवर्तन नेपालको सोही वैठकले चलचित्र क्षेत्रमा विशेष योगदान दिदैआएका निर्देशक मदन घिमिरे, निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक तथा निर्माता मौनता श्रेष्ठ, बरिष्ठ अभिनेता राज कुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान प्रदान गर्ने जनाएको छ।

प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आवद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान दिएका चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी),निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा बीसी, खेलाडी–कलाकार नन्दा बस्याल, रंगकर्मी मन्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई परिवर्तन सम्मानवाट सम्मानित गरिने भएको छ।

बैशाख १० गते बसेको परिवर्तन नेपालको बैठकले गीतकार–लेखक तथा निर्देशक तथा सस्कृतिकविद स्वः चेतन कार्कीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। स्थापना वर्षको पुरस्कार लेखक–निर्देशक–अभिनेता देशभक्त खनाललाई प्रदान गर्ने निर्णय गरेको छ।

सोही बैठकले परिवर्तन पत्रकारिता विशेष सम्मान संचारकर्मी दिनेश सिटौलालाई प्रदान गर्ने भएको छ। पुरस्कार र सम्मान जेष्ठको दोश्रो हप्ता विशेष समारोह वीच प्रदान गरिने भनिएको छ।

Advertisement Banner
Previous Post

ADB Finances Electric Ferries in Thailand — First in Southeast Asia

Next Post

दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न

दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न

Recommended

Nepali ambassador to USA Dr Khatri briefly meets US President Biden, Secretary of State Blinken

Nepali ambassador to USA Dr Khatri briefly meets US President Biden, Secretary of State Blinken

4 years ago
भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा

भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा

8 months ago

Don't Miss

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.