Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 27, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
दुई दिने अन्तराष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अप्रिल दुई दिने अनेसास विश्व बाल साहित्य सम्मेलन भएको छ ।

वरिष्ठ बालसाहित्यकारहरुका साथै प्रवासमा बसोबास भएका अत्यधिक बालबालिकाको उपस्थिति रहेको उक्त सम्मेलनमा बालप्रतिभाहरुको कदर गर्दै प्रवासमा रहेर भाषा, साहित्य रसंस्कृतिको योगदान दिने सातजना बाल प्रतिभालाई बाल–तारा पुरस्कारबाट सम्मान गरिएको थियो ।

वरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदीको प्रमुख अतिथ्यमा सञ्चालन भएको उक्त सम्मेलनको पहिलो सत्रको सभापतित्व अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले गर्नुभएको थियो ।

सम्मेलनमा वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजाले स्वागत मन्तव्य दिनुभएको थियो भने सम्मेलनको पहिलो सत्र बालतारा कार्यक्रमकी संयोजक विमला ढुंगाना निरौलाबाट संचालन भएको थियो ।

साना भाइ–बहिनीहरुको आवाजमा नेपाली राष्ट्रिय गान, गायत्री मन्त्र, गणेश वन्दना र सरस्वती वन्दनाबाट आरम्भ भएको सम्मेलनको प्रथम दिनमा अनेसास बिओटीका सभापति गीता खत्री, संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार अध्यक्ष होमनाथ सुवेदीका साथै विभिन्न विद्वानहरुले शुभकामना मन्तव्यका साथै बालसाहित्यका विषयमा आआफ्ना विचार राख्नुभएको थियो ।

अनेसास बिओटीका सचिव शिव लामिछानेले प्रवासमा बालसाहित्यको अवस्थाको बारेमा कार्य–पत्र प्रस्तुत गर्नुभएको थियो भने केन्द्रीय उपाध्यÞक्ष राजेन्द्र श्रेष्ठले बाल–तारा पुरस्कारबाट पुरस्कृत हुने अमेरिका, जापान, अस्ट्रेलिया, युरोपका छ जना भाइबहिनीहरु र एभरेष्ट म्युजिक ब्रान्डको जानकारी दिँदै छनौट प्रक्रियाको बारेमा प्रष्ट पार्नुभएको थियो ।

सम्मेलनमा सहभागी बालसर्जक कृति ज्ञवाली र सुलेखा भण्डारीले पनि आफूले प्रवासमा बाल अवस्थाका बारेमा लेखेको पुस्तक र बाल साहित्यको विषयमा आआफ्ना अनुभव व्यक्त गर्नुभएको थियो । बालकार्यक्रमको सह–सहजकर्ता कन्चन दाहालले गरेकी थिइन् भने राघवी पाठक, मनश्वी चापागाईं, रिभा शाह, आयाम घिमिरे, सरिना सैंजु, प्राची सापकोटा, आर्यन पोखरेल, वृष्टी दवाडीजस्ता बाल प्रतिभाले विभिन्न विधाका रचनाहरु प्रस्तुत गरेका थिए ।

जापानबाट सहभागी भएका असल केसी, सगुन सापकोटा, जेनिशा थापा, मेलिस्का अधिकारी, रिजन थापा, अभिषेक पन्त, सिफासा सापकोटा, दिपिका कंडेलले आआफ्ना आकर्षक प्रस्तुति देखाएका थिए ।

विभिन्न देशमा रहेका बालप्रतिभाहरुबाट कविता, कथा, निबन्ध, नृत्य, गायन, बाध्यवाधन, हाइकु र चित्रकलासहित प्रस्तुत भएको उक्त पहिलो सत्रलाई विशिष्ट अतिथि एवं बाल साहित्यकार प्रभा भट्टराईले इन्द्रेणी रंगको संज्ञा दिँदै डालीमा सजाएको सुवासित रङ्गीन फुलहरु जस्तो मोहक भएको भन्दै प्रशंसा व्यक्त गर्नुभएको थियो ।

बालसाहित्यकार लालगोपाल सुवेदीले प्रवासमा बालसाहित्यका बारेमा आफ्ना भावना व्यक्त गर्नुभएको थियो भने इन्दिरा दलीले बालसाहित्यको संरक्षण र बाल पुस्तकालयको बारेमा आफ्नो मत प्रस्तुत गर्नुभएको थियो । अनेसास केन्द्रीय सदस्य महेश्वर शर्माले अष्ट्रेलियाको बालसाहित्यसम्बन्धी कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा अष्ट्रेलिया संयोजक डा प्रकाश पौडेलले प्रवासमा बालसाहित्यमाथिको आफ्नो धारणा राख्नुभएको थियो ।

जापानबाट एभरेष्ट स्कुलका संथापक डा भूपालमान श्रेष्ठले बालसाहित्यका विषयमा मन्तब्य राख्नुभएको थियो । त्यसैगरी अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्मा र जापान च्याप्टरबाटै प्रदीप थापाले जापानको बालसाहित्यबारे आआफ्ना मन्तव्य राख्नुभएको थियो ।

बिओटी सल्लाहाकार रोहिणी शर्मा, बिओटी उपसभापति पदम विश्वकर्मा, क्यानाडा च्याप्टरकी अध्यक्ष तारा उप्रेतीलगायत थुप्रै साहित्यकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको विभिन्न संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । सामाजिक सञ्जाल जूमबाट भएको सम्मेलनका प्रमुख अतिथि रामबाबु सुवेदीले अति सुन्दर कार्यक्रम भएको कुरा व्यक्त गर्दै सम्पूर्ण सहभागी बालबाकालिकाहरुलाई प्रेरणादायी अभिव्यक्ति प्रस्तुत गर्नुभएको थियो ।

उपस्थित सम्पूर्णलाई हार्दिकता प्रकट गर्दै उपाध्यक्ष राजेन्द्र श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने बालसम्मेलनको विविध पक्षबारे बोल्दै पहिलो सत्र कार्यक्रमको समापन केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका सभापति प्रकाश पौडेल ‘माइला’द्वारा गरिएको थियो ।

अप्रिल २३ गते अनेसास विश्व बालसाहित्य सम्मेलनको दोस्रो दिन अनेसासले साप्ताहिक गर्दै आएको साहित्य संवादको ९८ औँ शृङ्खला पारेर गरिएको थियो ! प्रमुख अतिथि बाल तथा छन्द साहित्यकार डा. देवी नेपाल रहेको उक्त सत्रको कार्यक्रम सञ्चालन सचिव विमला ढुंगाना निरौलाबाट भएको थियो ।

विशिष्ट वक्ताहरुमा वरिष्ठ बालसाहित्यकार लक्ष्मी उप्रेती, अनन्त वाग्ले, सुरेन उप्रेतीको उपस्थिति रहेको थियो । महासचिव सर्वज्ञ वाग्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने बालकवि सचिन चापागाईंले स्वागत गीत गाएका थिए । विशेषगरी युरोप र अमेरिकाका बालसाहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा स्पेनबाट सहभागी लिदिया भुसालले नेपाली राष्ट्रिय गान, आभाष अर्यालले गायत्री मन्त्र, अहना अधिकारीले गणेश र सरस्वती वन्दना सुनाएका थिए । त्यसैगरी विभिन्न स्थानबाट सहभागी भाइबहिनीहरुले आ–आफ्नो प्रतिभा देखाएका थिए । संस्थापक अध्यक्ष होमनाथ सुवेदीले बालतारा कार्यक्रम र बालतारा पुरस्कार स्थापना गरेकोमा खुसी व्यक्त गर्दै बालतारा पुरस्कारबाट सम्मानित हुनेहरुलाई बधाई दिनुभएको थियो । अस्ट्रेलियाबाट सरिना सैंजु, बेलायतबाट अगत खरेल, प्राजिश गुरुङ्ग, अंशु सुवाल, स्पेनबाट अदिती रेग्मी, आयुषी भण्डारी र लिदिया भुसालको सहभागिता थियो भने कोलोराडोबाट विभोर अधिकारी, न्युयोर्कबाट रिसभ श्रेष्ठ, भर्जिनियाबाट रोजी गौतम, कन्चन दाहाल, अनही वाग्लेको सहभागिता थियो ।

लक्ष्मी उप्रेतीले बालसाहित्य लेखनमा महिलाको भूमिका र अनन्त वाग्लेले दुर्गममा बालसाहित्यको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । सुरेन उप्रेतीले प्रवासमा बालसाहित्यको प्रयासहरु र त्यसमा देखिने समस्या र चुनौतीको बारेमा आफ्नो विचार राख्नुभएको थियो । बिओटीका सल्लाहकार रोहिणी शर्मा, उपसभापति पदम विश्वकर्मा, पूर्वअध्यक्ष सरला श्रेष्ठले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । प्रवधि सहयोगी उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बालतारा पुरस्कारका प्रमाण–पत्रहरु पढेर सुनाउनुभएको थियो ।

दोस्रो सत्रको सम्मेलनमा केन्द्रीय सदस्य माया गुरुङ्ग, महेश्वर शर्मा, डा कृष्ण सुवेदी, पूजा अधिकारी, शकुन्तला अधिकारी, गीता बजगाईं, बोओटीका सचिव शिव लामिछाने, रोहित, प्रविण चन्द, शारदा पौडेल, निशा सैंजु, गङ्गा कर्मचार्यलगायत धेरैजनाको सहभागिता रहेको थियो ।

केन्द्रीय कोषाध्यक्ष कृष्णकुमार गिरीबाट छ बुँदे घोषणापत्र प्रस्तुत गर्दै अनेसासले प्रवासमा बाल साहित्य सम्मेलन गरेर सुनौलो आयाम थपिएको कुरा गर्नुभयो । प्रवासमा रहेका बालबालिकाको बेजोड प्रस्तुतिमा हर्षविभोर हुँदै प्रमुख अतिथि डा. देवी नेपालले कार्यक्रम अति सुन्दर मान्दै सम्पूर्ण सहभागि भाइबहिनीको छुट्टाछुट्टै मूङ्कल्याङ्ककन र प्रशंसा व्यक्त गर्दै प्रवासका बालसाहित्यलाई अगाडि बढाउने धेरै सम्भावना रहेको र आवश्यकता परेमा जुनसुकै सहयोग गर्न तयारी रहेको कुरा उल्लेख गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजाले सबै सहभागी हरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमका सभापति प्रकाश पौडेल ‘माई‘ला’ ले आफ्नो मन्तव्यसँगै कार्यक्रम समापन गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

Next Post

Girls’ performance in mathematics now equal to boys (UNESCO report)

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Ukraine: UNESCO statement following the adoption of the UN General Assembly resolution

Girls’ performance in mathematics now equal to boys (UNESCO report)

Recommended

China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

2 days ago
University of Oxford is to lead a new, ambitious project backed by a major £6 million grant from the Biotechnology and Biological Sciences Research Council (BBSRC)

University of Oxford is to lead a new, ambitious project backed by a major £6 million grant from the Biotechnology and Biological Sciences Research Council (BBSRC)

9 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.