Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

राष्ट्रिय कविता महोत्सव–२०७९’मा प्रथम भएको कविता

Editorial Team by Editorial Team
June 26, 2022
in Awards, Literature, Nepal
0
राष्ट्रिय कविता महोत्सव–२०७९’मा प्रथम भएको कविता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

‘सङ्कल्प’

उपासना हुँ देशको म अर्चना हुँ देशको
सुवास मग्मगाउँने म बासना हुँ देशको
सुधा पिएर शैलको म मृत्तिका सजाउछु
बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु ।

म मूल देशको कतै मुहान सर्न सक्दिनँ
भनेर वीर जो लडे कदापि भुल्न सक्दिनँ
तिनै अजेय वीरको दुरुस्त बाघ सन्तति
भुलेर खान्न भोकमा अनाज वा वनस्पति ।

धरा फुटेर जन्मिने मधेसकी म जानकी
हिमाल स्वाभिमानकी सुपूज्य अंश पार्वती
प्रताप ज्ञान बुद्धको लिएर शान्त सागर
बनूँ अनन्त देशको मुहारको प्रभाकर ।

म झर्छु बिन्दु रूपमा निधारको अघिल्तिर
बगेर सिन्धु कर्मले म फुल्छु सृष्टि सुन्दर
फलेर अन्न भोकको जरा उखेल्न सक्छु म
लिएर गर्भ ज्ञानको विकास जन्म दिन्छु म

बलेर अग्नि न्यायमा कसी लगाइदिन्छु म
उनेर प्रेम विश्वको गला मिलाइदिन्छु म
अरू त छैन चाहना म देशको धुलो बनी
यही पवित्र स्वर्गमा रहूँ जुनी जुनी जुनी ।

टीका आत्रेय

कवि टीका आत्रेयको यो कविताले ‘राष्ट्रिय कविता महोत्सव–२०७९’ मा प्रथम स्थान प्राप्त गरेको हो ।

 

Advertisement Banner
Previous Post

Nepal:  Urban Development Minister Ram Kumari Jhankri, Culture, Tourism and Civil Aviation Prem Bahadur Ale submitted resignation from Minister Post

Next Post

नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’को स्थापना

Editorial Team

Editorial Team

Next Post

नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’को स्थापना

Recommended

Nepal local polls: Code of Conduct bars ministers, public portfolio holders from campaigning with government expenses

Nepal government urges non-residents to open dollar accounts

4 years ago
USAID Providing Additional Humanitarian Assistance To Respond To Needs In Tanzania

USAID Announces $8 Million in Additional Humanitarian Assistance for People Affected by Super Typhoon Rai and Tropical Storm Megi in the Philippines

4 years ago

Don't Miss

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

March 23, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

March 23, 2026
ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

March 23, 2026
नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

March 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.