Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सशस्त्र प्रहरीका उत्कृष्ट पाँच कर्मचारी यूएन मिसनमा सहभागी हुने

Editorial Team by Editorial Team
December 18, 2025
in Nepal, News
0
सशस्त्र प्रहरीका उत्कृष्ट पाँच कर्मचारी यूएन मिसनमा सहभागी हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका उद्दार तथा खेलकुद क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँच जना कर्मचारीहरू संयुक्त राष्ट्रसंघ (यूएन) मिसनमा सिधै सहभागी हुने भएका छन्।
विपद् व्यवस्थापन तथा गोताखोरसम्बन्धी विशेष तालिम प्राप्त गरी विपद्का समयमा निरन्तर रूपमा उद्धार कार्यमा खटिँदै आएका कर्मचारीहरूलाई उक्त अवसर प्रदान गरिएको हो। साथै, सन् २०८१ मा “वर्ष जवान” घोषित कर्मचारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै संगठनको गरिमा बढाउने खेलाडीहरू पनि छनोटमा परेका छन्।
उक्त सहभागी कर्मचारीहरूमा विशेष रूपमा उत्कृष्ट कार्य गरेको विवरण यस प्रकार छ:
सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्ट विपद्का समयमा देशका विभिन्न भागमा १९ पटकसम्म खटिएका थिए। यस क्रममा उनले १० जनाको सकुशल उद्धार गर्नुका साथै ११ वटा शव निकालेका थिए। उल्लेखनीय रूपमा, उनले २ जना पर्यटकलाई जिवितै उद्धार गरेका थिए।
सशस्त्र प्रहरी सहायक हवल्दार भरत काफ्ले गत चैत्र १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जनामध्ये ५ जनालाई रोप रेस्क्यु विधिबाट सकुशल उद्धार गरेका थिए। यसबाहेक उनले विभिन्न घटनाहरूमा २० पटक खटिएर १५ जनाको शव निकाल्ने कार्यसम्पादन गरेका थिए।
सशस्त्र प्रहरी सहायक हवल्दार मेखबहादुर गुरुङ्ग गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिमहरूमा उत्कृष्ट प्रशिक्षकको रूपमा निरन्तर खटिदै आएका छन्। उनले विभिन्न दुर्घटना र घटनाहरूमा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुका साथै विदेशी नागरिकको उद्धारमा समेत सक्रिय सहभागिता जनाएका थिए।
सशस्त्र प्रहरी सहायक हवल्दार किरणबहादुर भण्डारी आपत् विपद्मा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धारमा उत्कृष्ट कार्य गरेको कारण गत वर्ष “वर्ष जवान–२०८१” घोषित भएका थिए। उनलाई पनि संगठनको नीति अनुसार यूएन मिसनमा सहभागी गराइएको हो।
सशस्त्र प्रहरी परिचर पुरन राई नेपाल एपीएफ क्लबसँग आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देश र संगठनको नाम उच्च राख्दै बक्सिङ्ग विधामा उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। उनले ८ स्वर्ण, ३ रजत र १ कांस्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेका थिए।
सशस्त्र प्रहरी बल नेपालका अनुसार, उत्कृष्ट कार्यसम्पादन गर्ने जनशक्तिलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने उद्देश्यले यी पाँच कर्मचारीलाई यूएन मिसनमा सहभागी गराइएको हो। यस पहलले संगठनको क्षमतामा वृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा पहिचान सुदृढ पार्ने विश्वास गरिएको छ।संगठनले यस किसिमका प्रोत्साहनात्मक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।

Advertisement Banner
Previous Post

A vibrant cultural performance was organised yesterday in Pokhara by India in Nepal (Embassy of India Kathmandu) on the banks of the scenic Fewa Lake

Next Post

एमाले महाधिवेशन मतदानमा ३६ प्रतिनिधि अनुपस्थित

Editorial Team

Editorial Team

Next Post
एमाले महाधिवेशन मतदानमा ३६ प्रतिनिधि अनुपस्थित

एमाले महाधिवेशन मतदानमा ३६ प्रतिनिधि अनुपस्थित

Recommended

Eighth Nepal–Bangladesh Commerce Secretary Level Meeting (CSLM) commenced in Dhaka today

Eighth Nepal–Bangladesh Commerce Secretary Level Meeting (CSLM) commenced in Dhaka today

3 months ago
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.