Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावास

Editorial Team by Editorial Team
January 22, 2026
in News, World
0
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावास
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं--जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ।
सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो । ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स्वीकार गरेका थिए । सरकारी वकिलहरूले यो हत्या “जापानको युद्धपछिको इतिहासमै अभूतपूर्व” भएको उल्लेख गर्दै समाजमा गम्भीर असर परेको तर्कसहित आजीवन कारावासको माग गरेका थिए ।
यामागामीका कानुन व्यवसायीहरूले भने अधिकतम २० वर्ष कैद सजाय माग गरेका थिए । घटनापछि सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठेको थियो । नारा प्रान्तका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा “नकार्न नसकिने कमजोरी” रहेको स्वीकार गर्दै घटनाको विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए ।
जापान विश्वकै सुरक्षित मुलुकमध्ये एक मानिन्छ र यहाँ बन्दुकसम्बन्धी कानुन अत्यन्त कडा छन् । तर सन् २०२२ मा नारा शहरमा आयोजित चुनावी सभामा भाषण सुरु गरेको केही मिनेटमै आबेलाई पछाडिबाट नजिकैबाट गोली हानिएको थियो ।
६७ वर्षीय आबेलाई गम्भीर अवस्थामा अस्पताल लगिए पनि उनको श्वासप्रश्वास र मुटुको धड्कन बन्द भइसकेको थियो । चिकित्सकको प्रयासका बाबजुद उनलाई मृत घोषणा गरिएको थियो ।
प्रहरीका अनुसार यामागामीले अनुसन्धानका क्रममा शान्त रूपमा बयान दिँदै आबेमाथि आक्रमण गरेको स्वीकार गरेका थिए ।
उनले पूर्व प्रधानमन्त्री आबेको कुनै एक संस्थासँग सम्बन्ध रहेको भन्ने अफवाहका कारण हत्या योजना बनाएको बताएका थिए, यद्यपि उक्त संस्थाको नाम सार्वजनिक गरिएको छैन् । अदालतको यो फैसलासँगै जापानमा राजनीतिक नेताहरूको सुरक्षा र सार्वजनिक सभाको व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ । एजेन्सी

Advertisement Banner
Previous Post

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

Next Post

शान्तिको प्रयास धेरै हदसम्म सफल, रुस र युक्रेन सम्झौता चाहन्छन्: डोनाल्ड ट्रम्प

Editorial Team

Editorial Team

Next Post
शान्तिको प्रयास धेरै हदसम्म सफल, रुस र युक्रेन सम्झौता चाहन्छन्: डोनाल्ड ट्रम्प

शान्तिको प्रयास धेरै हदसम्म सफल, रुस र युक्रेन सम्झौता चाहन्छन्: डोनाल्ड ट्रम्प

Recommended

Federation of Indian Industry announces Nepal Investment Desk

Federation of Indian Industry announces Nepal Investment Desk

4 years ago
जेनजीका मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति

जेनजीका मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.