Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

शान्तिको प्रयास धेरै हदसम्म सफल, रुस र युक्रेन सम्झौता चाहन्छन्: डोनाल्ड ट्रम्प

Editorial Team by Editorial Team
January 22, 2026
in News, World
0
शान्तिको प्रयास धेरै हदसम्म सफल, रुस र युक्रेन सम्झौता चाहन्छन्: डोनाल्ड ट्रम्प
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै वर्तमान संघर्ष अन्त्य गर्नका लागि सम्झौता गर्न इच्छुक रहेको बताएका छन् । उनले सम्झौता गराउने प्रयास ‘धेरै हदसम्म सफल’ भइसकेको दाबी गरे ।

दाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ५६औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै ट्रम्पले रुस–युक्रेन द्वन्द्व, नेटो र यस युद्धमा वासिंटनको भूमिकाबारे विस्तृत चर्चा गरे । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपछि भ्दालिमिर पुटिनबीचको तीव्र घृणाका बाबजुद पनि द्वन्द्वको समाधान सम्भव रहेको उनको भनाइ थियो ।

अमेरिकी राष्ट्रपतिले भने, “मैले आठभन्दा बढी युद्धहरू सुल्झाएको छु । मेरा लागि सजिलो युद्धहरूमध्ये यो एक हुनेछ । कतिपय युद्ध त मैले घण्टामै सुल्झाएको छु, किनकि म यस्ता काममा माहिर छु । वास्तवमा यो काम संयुक्त राष्ट्र संघले गर्नुपर्ने हो । तर, यसले केही फरक पर्दैन । हामी लाखौँ मानिसको ज्यान बचाइरहेका छौँ ।”

उनले युक्रेन–रुसको मामिलामा जेलेन्स्की र पुटिनबीच धेरै वैमनस्यता रहेको बताएका छन् । “यो मेलमिलापका लागि राम्रो होइन, यो असामान्य घृणा हो । तैपनि मलाई लाग्छ रूस सम्झौता गर्न चाहन्छ,” ट्रम्पले भने, “मलाई लाग्छ युक्रेन पनि सम्झौता गर्न चाहन्छ । हामी सम्झौता गराउने कोसिस गर्नेछौँ । हामी सफलताको निकै नजिक छौँ ।”

ट्रम्पले युक्रेन युद्धमा वासिंगटनको भूमिकालाई कम महत्व दिँदै यो द्वन्द्व मुख्य रूपमा युरोपको जिम्मेवारी भएको तर्क गरे । उनले नेटोले अमेरिकासँग निकै अन्यायपूर्ण व्यवहार गरिरहेको बताए ।
गठबन्धनबारे चर्चा गर्दै उनले यदि आफू त्यस समयमा राष्ट्रपति भएको भए यो युद्ध नै नहुने दाबी दोहोर्‍याए । उनले २०२० को अमेरिकी चुनाव ‘धाँधलीपूर्ण’ भएको आफ्नो पुरानो दाबीलाई पनि फेरि उठाए ।
“मृत्यु, विनाश र हाम्रा प्रयासको कदर नगर्ने मानिसहरूलाई ठूलो मात्रामा नगद दिनुबाहेक हाम्रो देशले के पायो ? म नेटो र युरोपको कुरा गर्दै छु,” युद्ध अन्त्य गर्ने प्रयासबाट अमेरिकाले के पायो भन्ने प्रश्न उठाउँदै ट्रम्पले भने, “उनीहरूले युक्रेनको विषयमा काम गर्नुपर्छ, हामीले होइन । अमेरिका धेरै टाढा छ, हाम्रो बीचमा एक विशाल र सुन्दर महासागर छ । यससँग हाम्रो कुनै लेनादेना छैन ।”
ट्रम्पले युद्ध अन्त्य गर्न युक्रेनका राष्ट्रपतिसँग कुराकानी गरिरहेको र उनीसँग भेट्ने योजना रहेको बताए ।
सञ्चार माध्यमका अनुसार, ट्रम्पले जेलेन्स्कीलाई भेट्ने योजना बनाएको सोही दिन उनका विदेश दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुस्नर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका लागि मस्को प्रस्थान गर्नेछन् ।
जेलेन्स्की र पुटिनका बारेमा ट्रम्पले भने, “उनीहरू यस्तो मोडमा आइपुगेका छन्, जहाँ उनीहरू सँगै बसेर सम्झौता गर्न सक्छन् । यदि, त्यसो गरेनन् भने उनीहरू मूर्ख हुन् ।” एजेन्सी

 

Advertisement Banner
Previous Post

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावास

Next Post

ट्रम्पको धम्की: ग्रिनल्याण्ड विलयको विरोध गर्ने देशमा नयाँ कर लगाउने

Editorial Team

Editorial Team

Next Post
ट्रम्पको धम्की: ग्रिनल्याण्ड विलयको विरोध गर्ने देशमा नयाँ कर लगाउने

ट्रम्पको धम्की: ग्रिनल्याण्ड विलयको विरोध गर्ने देशमा नयाँ कर लगाउने

Recommended

Governments of India to fund NRs.41.13 million for Waste Water Management Project at Solukhumbu District in Nepal

Governments of India to fund NRs.41.13 million for Waste Water Management Project at Solukhumbu District in Nepal

4 years ago
वेस्टइन्डिजको विश्वकप यात्रा फेरि संकटमा, सिधा छनोटको सम्भावना लगभग समाप्त

वेस्टइन्डिजको विश्वकप यात्रा फेरि संकटमा, सिधा छनोटको सम्भावना लगभग समाप्त

1 month ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.